• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वका स्थानीय सरकार प्रमुखसँग मुख्यमन्त्रीको भिडियो संवादः विरामी आए कोरोना अस्पताल पठाउन निर्देशन




कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयासकाबारे आज माननीय मुख्यमन्त्री शंकर पोखरेलले रुकुम पूर्वका स्थानीय तहका प्रमुख र प्रमुख जिल्ला अधिकारीसंग एकीकृत भिडियो संवाद गर्नुभयो ।


मुख्यमन्त्री र स्थानीय तहका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीबीच कोरोना रोकथाम र नियन्त्रणका लागि अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भयो ।


छलफलमा मुख्यमन्त्रीले मापदण्ड अनुसारका क्वारेन्टाइन निमार्ण गर्न, क्वारेनटाइनमा बसेकालाई गुणस्तरीय खानपीनको व्यवस्थापन गर्न र स्थानीयस्तरबाट प्राप्त सूचना प्रदेश र संघीय सरकारलाई उपलब्ध गराउन निर्देशन दिनुभयो । उहाँले राहत कोष निर्माण गर्न, दैनिक ज्यालादारी मजदुर र विपन्न समुदायको तथ्याङ्क संकलन गर्न, राहत एकद्धारबाट वितरण गर्न ध्यानाकर्षण गराउनुभयो ।

स्थानीय तहका प्रमुख र प्रमुख जिल्ला अधिकारीले अहिलेसम्म गरेका कामबारे जानकारी गराउनुभयो । उहाँहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको जानकारी मुख्यमन्त्रीलाई गराउनुभयोे ।


मुख्यमन्त्रीले महामारी रोकथामका लागि स्थानीय तहको सक्रियता प्रशंसनीय रहेको बताउँदै स्थानीयस्तरमा खाद्यवस्तुको अवस्थाको जानकारी लिनुभयो । पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्तीले गाउँपालिका खाद्यान्नमा आत्मनिर्भर रहेको बताउनुभयो ।

भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगर र सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले तत्काल समस्या नरहेपनि केही समयपछि समस्या आउन सक्ने बारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । मुख्यमन्त्रीले दाङ र बाँकेबाट खाद्यान्नको आपूर्तिको लागि आवश्यक व्यवस्था मिलाउने बताउनुभयो ।


प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरी उपचारको व्यवस्था गरेकोले कोरोनाको कोही शंकास्पद बिरामी फेला पर्ने बित्तिकै अस्पताल पठाउन र त्यसका लागि प्रत्येक पालिकाका एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्न उहाँले आग्रह गर्नुभयो ।


प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले स्वास्थ्य सामग्रीको व्यवस्थापन अझै बढाउनुपर्ने र बाग्लुङबाट भूमे गाउँमा पूर्ण रुपमा आवतजावत रोक्न आवश्यक रहेकोले गृहमन्त्रालयलाई जानकारी गराएको बताउनुभयो ।


प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यबाट प्रभावकारी बनाई कोरोना विरुद्धको लडाई जित्नको लागि यो भिडियो संवाद थालिएको हो । यस अघि उपमहानगरका प्रमुख र जिल्ला सदरमुकामका नगरपालिका प्रमुखसंग भिडियो संवाद भइसकेको छ ।

Facebook Comments