• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रक्तदान बिशेष अभियानः अनेरास्ववियूको पहलमा एकैदिन ५२ जनाद्वारा रक्तदान





लकडाउनका कारण दाङमा रगतको चरम अभाव देखिएपछि रक्तदान बिशेष अभियान शुरु गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आव्हानमा अभियान शुरु गरिएको हो ।

अभियानको शुरुवात गर्दै नेकपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य इन्द्रजीत थारुले रक्तदान बिशेष अभियान उद्घाटन गर्नुभएको थियो ।


दोस्रो दिन नेकपानिकट अनेरास्ववियूको पहलमा एकै दिन ५२ जनाले रक्तदान गरेका छन् ।

रक्तदानका लागि मोबाइल अभियान चलाइएको थियो ।

रक्तदाता भएकै ठाउँमा पुगेर अभियान चलाइएको संगठनका जिल्ला संयोजक जंग रोकाले जानकारी दिनुभयो ।

दोस्रो दिनको अभियानको शुरुवात नेकपाका जिल्ला सचिवालयका सदस्य विवेक श्रेष्ठले रक्तदान गरी गर्नुभएको थियो ।

अभियानका लागि रक्तदाता एवं युवा समाजसेवी नरेन्द्र पुनले गाडी सहयोग गर्नुभएको थियो ।

त्यस्तै उज्यालो बिहानी फाउन्डेसमार्फत १० र त्रिभुवननगर जेसिजको अगुवाइमा १० जनाले रक्तदान गरेका छन् । योसँगै आज मात्रै एकै दिन ७२ पिन्ट रगत प्राप्त भएको रक्तसञ्चार सेवा केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपानेले जानकारी दिनुभयो ।

Facebook Comments