• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
डायलासिस रोकिन नदिन विरामीका आफन्तको आग्रह, प्रतिष्ठानले पिपिइ नदिएको गुनासो





दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा रोकिन थालेको भन्दै विरामीका आफन्तले गुनासो गरेका छन् ।

डायलासिस यूनिटमा काम गर्ने स्वास्थ्यकर्मीले हप्ताको दुइ दिन दिंदै आएको सेवा एक दिन मात्र दिने बताएको पनि विरामी आफन्तले बताएका छन् ।


घोराही १० का वडा सदस्यसमेत रहनुभएका विरामीका आफन्त काशी खनालले स्वास्थ्यकर्मीले पिपिइ नभएकाले सेवा रोक्नुपर्ने बताएको भन्दै पिपिइको ब्यवस्था गरिनदिन मुख्यमन्त्री शंकर पोख्रेल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जीवन गौतमलाई सामाजिक सञ्चालमै मेन्सन गरेर अनुरोध गर्नुभएको छ ।


यसअघि नेता गौतमको पहलमा लायन्स क्लबको सहयोगमा प्रमुख जिल्ला अधिकारीमार्फत डायलासिस यूनिटका लागि भनेर प्रदान गरिएका पिपिइ प्रतिष्ठानले आफ्नो यूनिटलाइ नदिएको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । त्यतिबेला चार थान प्रतिष्ठान र चार थान डायलासिस यूनिटलाई भनेर दिए पनि आठवटै प्रतिष्ठानले राखेपछि डायलासिस यूनिटका स्वास्थ्यकर्मीले सेवा कम गर्ने बताएका थिए ।


यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जीवन गौतमले प्रजिअ र आफूले समन्वय गरेर डायलासिस यूनिटलाई पिपिइ उपलब्ध गराएको जानकारी दिंदै सो यूनिटले पिपिइ नपाउनु दुःखद भएको बताउनुभयो । आज पुनः पिपिइका लागि पहल भइरहेको र दिउँसो २ बजेसम्म पिपिइ उपलब्ध गराउने गरी पिपिइ भएका निकायसँग समन्वय भइरहेकाले तोकिएकै यूनिटमा प्रयोग गर्ने वातावरण मिलाउन आग्रह गर्नुभयो ।


त्यस्तै मुख्यमन्त्री शंकर पोख्रेलले पनि काशी खनालको गुनासो सामाजिक सञ्जालबाटै सम्वोधन गर्दै प्रतिष्ठानका उपकूलपतिसँग सेवा नरोक्न आग्रह गरेको जानकारी दिंदै सेवा सुचारु हुने जानकारी दिनुभएको छ ।

Facebook Comments