रुकुम पश्चिमका एक होटल व्यवशायिले आफ्नो होटललाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन् । जिल्ला सदरमुकाम मुसीकोट खलंगामा शिशिर वसन्त भ्यु होटल संचालन गर्दै आएका धनवहादुर खड्का ‘बसन्त’ ले क्वारेन्टाईनका लागि होटल उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
विश्वव्यापी फैलिरहेको नोभेल कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई न्यूनीकरण गर्नु हरेक व्यक्तिको दायित्व भएको भन्दै उहाँले आवश्यक परेको खण्डमा होटललाई क्वारेन्टाईनका रुपमा प्रयोग गर्न दिने आज घोषणा गर्नुभयो ।
पर्यटनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा रहेको क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको आइतबार बसेको बैठकले होटल संघ र होटल व्यवसायी महासंघ संग समन्वय गरी कम्तिमा २ हजार व्यक्ति क्षमताका लागि उपयुक्त होटलहरूमा क्वारेन्टाइन तयार गर्ने निर्णय गरेको अवस्थामा यसलाई सहयोग गर्न होटलमा रहेका १५ वटा कोठा कोरोनाको जोखिम कम नभएसम्मका लागि पुर्ण रुपमा क्वारेन्टाइन बनाउन दिने होटल संचालक खड्काले बताउनुभयो ।
जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले होटल व्यवशायि खड्काले क्वारेन्टाइनका रुपमा होटल प्रयोग गर्न दिने भन्दै आफुहरुलाई जानकारी गराएको बताउनुभयो । खड्काको कदमलाई जिल्ला विपद व्यवस्थापन समितिले विपदका बेला एउटा नागरिकले दायित्व पुरा गरेको रुपमा बुझेको उहाँको भनाई छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।