• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुनसान इटली, झण्डै ५५०० को मृत्यु




कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार पुगेको छ। कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ ।

आइतबार मात्रै इटालीमा थप ६ सय ५१ जनाको मृत्यु भएको छ। त्यस्तै आइतबार थप ५ हजार ५ हजार ५ सय ६० जनामा संक्रमण देखिएको छ। शनिबारको तुलनामा केही कम भए पनि इटालीमा मृतक र संक्रमितको संख्या लगातार बढिरहेको छ । आइतबार अहिलेसम्मकै बढी ७ सय ९३ जनाको मृत्यु भएको थियो । सोमबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ भने ५९ हजार १ सय ३८ जना संक्रमित भएका छन्।

त्यस्तै युरोपेली मुलुक स्पेनमा पनि मृत्यु हुनेको संख्या एक हजार ७ सय ५६ पुगेको छ। आइतबार इटालीपछि स्पेनमा सबैभन्दा बढी ३ सय ७५ को मृत्यु भएको छ। स्पेनमा आइतबार ३ हजार १ सय ७ संक्रमित थपिएका छन्। सोमबार बिहानसम्म स्पेनमा संक्रमितको संख्या २८ हजार ६सय ३ रहेको छ।

त्यस्तै फ्रान्समा पनि आइतबार मात्रै थप ११२ जनाको मृत्यु भएको छ भने एक हजार ५ सय ५९ जनामा संक्रमण देखिएको छ। फ्रान्समा अहिलेसम्म मृत्यु हुनेको संख्या ६ सय ७४ पुगेको छ भने संक्रमितको संख्या १६ हजार १८ जना संक्रमित भएका छन्। त्यस्तै आइतबार बेलायतमा ४८, नेदरल्यान्ड्समा ४३, जर्मनीमा १०, बेल्जियममा ८ र स्विजरल्यान्डमा १८ जनाको मृत्यु भएको छ।

त्यस्तै पश्चिम एसियाली मुलुक इरानमा आइतबार मात्रै १२९ जनाको मृत्यु भएको छ भने एक हजार २८ जनामा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म इरानमा मृत्यु हुनेको संख्या एक हजार ६ सय ८५ पुगेको छ भने २१ हजार ६ सय ३८ जनामा संक्रमण देखिएको छ।

त्यस्तै अमेरिकामा पनि आइतबार अहिलेसम्मकै बढी ११७ जनाको मृत्यु भएको छ। आइतबार मात्रै अमेरिकामा ९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ४१९ पुगेको छ भने संक्रमितको संख्या ३३ हजार ५ सय ४६ रहेको छ।

सोमबार बिहानसम्म चीनमा ३ हजार २ सय ६१ जनाको मृत्यु भएको छ भने ८१ हजार ५४जनामा संक्रमण देखिएको छ। पछिल्लो समय चीनमा संक्रमण र मृत्यु हुनेको संख्या निकै घटिरहेको छ। चीनमा ७२ हजारभन्दा बढी व्यक्ति निको भइसकेको त्यहाँको स्वास्थ्य आयोगले जनाएको छ।

Facebook Comments