भारतमा सरकारले कर्फ्यू आदेश जारी गरेपछि देश नै ठप्प भएको छ । कोरोनाको महामारी फैलन नदिन यस्तो दिइएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आव्हान गरेको जनता कर्फ्यु अन्तर्गत यसरी दिल्ली लगायत पुरै देश बन्द भएको हो । गत बिहीबार मोदीले देशबासीका नाममा सम्बोधन गर्दै सबैलाई आइतबार घरमै बसेर जनता कर्फ्युको पालना गर्न अव्हान गरेका थिए ।
भारतमा कोरोना महामारीको संक्रमण बढ्दै गएपछि त्यसलाई रोक्न मोदीबाट त्यस्तो आव्हान भएको थियो ।
विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसबाट भारतमा आइतबार बिहानसम्म तीनसय जना संक्रमित भइसकेका छन् । हालसम्म चारजना भारतीयको उक्त भाइरसबाट मृत्यु भइसकेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।