• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती साहित्य परिषद् रुकुमपश्चिमको अध्यक्षमा ओली





राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पश्चिको चौथो जिल्ला अधिवेसन सम्पन्न शनिवार भएको छ । जिल्ला सदरमुकाम खंलगामा अधिवेन सम्पन्न भएको हो ।


अधिवेसनले परिषद जिल्ला शाखाको नयाँ कार्य समिति गठन गरेको छ । मनलाल ओलीको अध्यक्षतामा ७ सदस्यीय परिषदको जिल्ला शाखा गठन गरेको हो । उपाध्यक्ष सिर्जना शर्मा, सचिव ओमबहादुर खत्री, सह सचिव वालाराम ओली र कोषाध्यक्ष प्रमोद कुमार शर्मा रहनुभएको छ । त्यस्तै सदस्यमा यक्कबहादुर केसी र रुपा केसी रहुनुभएको छ ।


त्यस्तै परिषदको सल्लाहाकारमा साहित्यकारहरु नदिराम केसी, गिरीप्रशाद बुढा, मुकुन्दप्रसाद शर्मा, हरी प्रशाद खनाल, कमप्रशाद देवकोटा र मेगराज खड्का रहनुभएको छ । यसै बिच साहित्कार तथा मुसीकोट खलंगा बहुमुखि क्याप्पसका प्रमुख मुकुन्द शर्माले १५ हजारको क्याम्पस प्रमुख साहित्य पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको छ ।

अक्षयकोषको रकमबाट आउने लाभासंबाट प्रत्यक वर्ष उत्कृष्ट साहित्कारलाई पुरस्कार बितरण गरिने परिषदका अध्यक्ष मनलाल ओलीले जानकारी दिनुभयो । परिषदले गर्दै आएका बिभिन्न कार्यक्रमलाई व्यवस्थित तरिकाले संचालन गर्ने परिषदले जानकारी दिएको छ ।

परिषदका अध्यक्ष मनलाल ओलीको अध्यक्षतमा भएको कार्यक्रममा सस्थापक अध्यक्ष नदिराम केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रगतिशिल लेखक संघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष गिरीप्रशाद बुढा, साहित्यकार तथा क्याम्पस प्रमख मुकुन्द प्रसाद शर्मा, जिल्लाका साहित्यकारहरु, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।


साहित्यकार ओमबहादुर खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सिर्जना शर्माले गर्नुभएको थियो ।

Facebook Comments