१४० दिनपछि जेलमुक्त भएका नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई थवाङमा भव्य स्वागत गरिएको छ ।
दाङको राजपुरबाट पक्राउ परी पक्राउ परेका थवाङ निवासी नेताहरु हितप्रसाद रोका र अमित घर्तीलाई अदालतको आदेशबाट रिहा गरेपछि पुनः पक्राउ गरी कैलाली पुर्याइएको थियो ।
सर्वोच्च अदालतको आदेशपछि उहाँहरुलाई १४० दिनपछि कैलालीबाट रिहा गरिएको थियो । रिहा भएर थवाङ प्रवेश गर्दा नेताद्वयलाई गाजाबाजासहित बाटोमै आएर स्थानीयले स्वागत गरेका थिए भने वस्ती परिक्रमा गराइएको थियो ।
रिहा भएका नेताहरु चुनाव जितेका जनप्रतिनिधिजस्तै जनताको घरघरमा पुगेर भेटघाट गर्ने घरदैलो गरिरहेका छन् । माओवादी जनयुद्धको उद्गमस्थल मानिने थवाङ विप्लव नेकपा प्रभावित क्षेत्र हो ।
सरकारले विप्लव नेकपाका गतिबिधिमा प्रतिबन्ध लगाए पनि थवाङमा भने खुलारुपमा नै नेकपाले गतिबिधि गरिरहेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।