मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा.नन्दबहादुर सिंहले कर्णालीको अशिक्षा, रोग, भोक, अभाव र गरिवीको अन्त्य गर्ने अभियानको नेतृत्व विश्वविद्यालयले गर्नुपर्ने बताउनुभयो । मेरो निशानामा कोही पनि ब्यक्ति विशेष पर्दैन । उहाँले थप्नुभयो- समृद्ध कर्णालीको अवरोधक अशिक्षा, रोग, भोक, अभाव एवं गरिबी विरुद्धको लडाईंमा जो बाधक बन्छ उही निशानामा पर्छ ।
वीरेन्द्रनगर, सुर्खेत स्थित केन्द्रीय कार्यालय परिसरमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
उपकुलपति प्रा.डा. सिंहले आफ्नो नियुक्ति पश्चात् सबै पक्षमा आशाको सञ्चार भएकाले विश्वविद्यालयमा साँच्चिकै सबैलाई अपनत्वबोध हुने गरी साथमा लिएर काम गर्ने उद्घोष गर्नुभयो ।
उपकुलपति सिंहले तलब खाई हाजिरी गर्ने र टाप कस्ने रोग प्राज्ञिक क्षेत्रमा पनि रहेको भन्दै परिभाषित ड्युटीमा कुनै पनि पदाधिकारी, प्राध्यापक तथा कर्मचारीले लापरबाही गरे नछाड्ने बताउनुभयो ।
उहाँले विद्यार्थीलाई केन्द्रविन्दू मानी कुनै पनि कसर नराखी शिक्षण गर्न प्राध्यापकहरुलाई मञ्चबाटै निर्देशन दिनुभयो । उपकुलपति सिंहले स्वच्छ शैक्षिक वातावरणका बाबजुद पनि कुनै विद्यार्थी अनुशासन विपरीत गए कानूनलाई माथ गरेर सम्झौता नगरिने बताउनुभयो।
उपकुलपति प्रा. डा. सिंहले दोहोर्याउनुभयो- कोही पनि डराउनुपर्दैन,म सबै आस्था र विचारलाई उत्तिकै सम्मान गर्छु तर जुनसुकै आवरणमा भएपनि काम ठग्नेलाई भने छोड्दैन ।”
उहाँले सबैको क्षमताको उचित पहिचान गरी कार्यविभाजन एवं कार्य मूल्यांकन गरिने र सोका आधारमा दण्ड, पुरस्कृत गरिने बताउनुभयो ।
उपकुलपति प्रा.डा. सिंहले सबैखाले क्षमता एवं उर्जाको सही सदुपयोग नभएको र पूर्वाग्रह प्रेरित भै ओझेल पारिएको तर्फ इङ्गित गर्दै तत्काल पदाधिकारी, शिक्षक, कर्मचारीसँग सामूहिक तथा छुट्टाछुट्टै बैठक बसी आफ्नो भिजन पेपर प्रस्तुत गर्ने र आवश्यक पृष्ठपोषण सहित त्यसलाई कार्यान्वयनमा लगिने बताउनुभयो ।
झन्डै ३८ मिनेट लामो मन्तव्यका क्रममा उहाँले विश्वविद्यालय निर्माणमा सबै सरोकारवालाहरु यसैगरी एकजुट भैरहन आह्वान गर्नुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।