रुकुम पश्चिमका जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माद्वारा सानीभेरी नदिमा निर्मणाधिन सिम्ली गरायला जोड्ने पुलको अनुगमन गरिएको छ ।
जिल्लालाई कर्णाली प्रदेशको राजधानी संग जोड्न सहज बनाउने उक्त पुलको निर्माण कार्य अन्तिम चरणमा पुग्नै लाग्दा जिल्ला समन्वय प्रमुख शर्माले उक्त पुल निर्माणमा प्रयोग गरिएको निर्माण सामाग्रीहरु इन्जिनियरिङ डिजाइन र इस्टिमेट अनुसार निर्माण भएनभएकोमा चासो राख्नुभएको हो ।
पुल निर्माणमा प्रयोग भएका निर्माण सामाग्रीहरुको अवलोकण गर्दै पुलमा प्रयोग भएका सबै सामाग्रीहरु डिजाइन स्टिमेट अनुसार प्रयोग गर्न र निर्माण कार्यलाई तिब्र रुपमा अघि बढाउन प्रमुख शर्माले निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।
बीक्यू विल्डर्स काठमाडौंले ७ करोड ८२ लाख रुपैयाँमा पुल निर्माणको ठेक्का लिएर काम गरिराखेको छ । निर्माण कम्पनीका अनुसार उक्त पुल अबको १ महिनामा काम सम्पन्न भई यातायातका साधन आवतजावत गर्न सकिने बताएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।