रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७ मा रहेको सुर्योदय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोषाक वितरण गरिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको ५० हजार रकमबाट ६९ जना विद्यार्थीलाई पोषाक वितरण गरेको हो ।
आज विद्यालयमा पुगेर नगर प्रमुख देविलाल गौतम, सामाजिक विकास समितिका संयोजक शुशिल गौतम र वडा नं. ७ का अध्यक्ष हिमवहादुर पाण्डेले विद्यार्थीहरुलाई पोषाक वितरण गर्नुभयो । विद्यार्थीलाई एक एक सेट ट्रयाकसुट वितरण गरिएको हो ।
विद्यार्थीलाई विद्यालयप्रति आकर्षित गर्ने उद्ेश्यले अध्यनरत सम्पूर्ण विद्यार्थीलाई पोषक उपलब्ध गराईएको नगर प्रमुख गौतमले बताउनुभयो । यो कार्यक्रमले विद्यार्थीको विद्यालय उपस्थिति बढाउनुका साथै विद्यालयप्रतिको आकर्षण बढाउने उहाँको भनाई थियो ।
चालु आर्थिक वर्षमा नगरका विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई नगरपालिकाले विद्यालय पोषाकहरु वितरण कार्यक्रम बनाएको उहाँले बताउनुभयो । त्यस्तै विद्यालयले विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको छ ।
व्यवशायि लालविर बोहरा, प्रेमजंग मल्ल, स्वास्थ्यकर्मी इश्वर रावल, पत्रकार मेगराज खड्का, मनिष खड्का लगायतलाई विद्यालयले सम्मान पत्रले सम्मान गरेको हो । आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई पोषाक वितरण गर्नुका साथै विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलवहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक टेकवहादुर पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रध्यानाध्यापक धनवहादुर घर्तीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।