कमल खड्का
रोल्पामा शनिबार साँझ चट्याङ लागेर दुई जना शिक्षकसहित अन्य ६ जना घाइते भएका छन् ।
रोल्पाको रुन्टीगढी गाउँपालिका ६ नं. वडा डुब्रिङमा शनिबार साँझ करिब ६ः३० बजेतिर चट्याङमा लागेर नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ४९ वर्षिय केशर बहादुर घर्ती र करिब ३२ वर्षिय शिक्षक भुपबहादुर शार्कीसहित सोही स्थानीयबासी ६ जना घाइते भएका छन् ।
शनिबार साझको समयमा घरमै दाउँरा चिर्दै गर्दा एक्कासी चट्याङ लागेर केशरबहादुर घर्तीको हात पोलेको र गाउँकै मेडिकल मार्फत उपचार पश्चात घरमा फर्किएको र चट्याङमा लागेका सबै जना केही समय पूर्ण रुपले व्यहोसपछि मात्र होसमा आएको थिए । चट्याङ कारण घाइते भएका घर्र्तीको शरीरलमा गम्भिर प्रकारको चोक पटक नदेखिएता पनि स्वास्थ्य अवस्था केही समस्या देखिएका कारणले उपचारको लागि दाङ ल्याउँने तयारी भइरहेको र बाँकी सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको शिक्षक डम्बर विकले जानकारी दिएका हुन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।