• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एसईई दिने विद्यार्थीलाई बिदाई




रोल्पाको रुन्टीगढी गापा ६ डुब्रीङमा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयले एस.ई.ई. दिने विद्यार्थीलाई बिदाई गरेको छ । बिद्यालयले आफ्नै प्राङ्गणमा शुक्रबार एक कार्यक्रमका बीच एस.ई.ई. दिने विद्यार्थीलाई बिदाई गरेको हो ।

सिर्जनसिल बाल क्लबका कोषाध्यक्ष अर्जुन पुनको अध्यक्षता एबं बिद्यालय ब्यबस्थापनका अध्यक्ष तिलक पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले एसईई एउटा महत्वपूर्ण फलामे गेट भएकाले त्यसलाई पार गर्न त्यति सहज नभएकोले सम्पुर्ण विद्यार्थीहरुले अधिक मेहनत र निडरका साथ परीक्षा दिनुपर्ने बताएका छन् ।


बिदाई मन्तव्य राख्दै विद्यार्थी छात्रा नन्दकली बस्नेत र छात्र तेजबहादुर बिकले अहिलेसम्म पढेर बिदाईका हात हल्लाउँदै गर्दा नराम्रो क्षण महसुस भएको र यहाँसम्म आउँदा हामीबाट केही गल्ती तथा कमजोरी भए गुरुले चेलाकै रुपमा माफ गरिदिन पनि बताएका थिए ।


रुन्टीगढी गापाका प्राबिधिक चन्द्रबहादुर थापा,बिद्यालयका प्रअ केशरबहादुर घर्ती, बिद्यालयका शिक्षक लछिराम थापा लगाएतले बिदाई मन्तव्य राख्दै विद्यार्थीहरुले एसईई परीक्षामा सहभागी हुँदा बिद्यालयको पोशाक लगाएर जानुपर्ने र परीक्षा अनुशासित ढंगले दिनुपर्ने सुझाव दिएका थिए ।


बिद्यालयले एसईई परीक्षामा सहभागी हुने जम्मा ५३ जना विद्यार्थीहरुलाई अबिर सहित सयपत्री फुलमाला बिदाई गरेको थियो ।


बिद्यालयका शिक्षक भरत केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण बाल क्लबका संरक्षक शिक्षक ड्म्बर बिकले गरेका हुन ।

Facebook Comments