रुकुम पश्चिम सानीभेरी गाउँकार्यपालिकाले गाउँपालिका भित्रका कर्मचारी र जनप्रतिनिधीलाई अनुपस्थित नहुन निर्देशन गरेको छ ।
गत फाल्गुन २० गते बसेको गाउँकार्यपालिका बैठकले यस्तो निर्णय गरि निर्देशन भएको गाउँकार्यपालिका प्रवक्ता शेरबहादुर खड्काले बताउनुभयो ।
गाउँपालिकाले लिएको लक्षअनुसार काम सम्पन्न हुन ढिलाई भएपछी अबको ३ महिना गाउँपालिका अध्यक्ष¸ उपाध्यक्ष¸ प्रमुख प्रशासकीय अधिकृत¸ वडा अध्यक्ष¸ वडा सचिब लगाएत गाउँपालिका मातहतका सबै कर्मचारीलाई अब देखी अति विशेष कारण बाहेक अन्य अवस्थामा अनुपस्थित नहुन र गाउँपालिकाले निर्धारण गरेका कामहरु तिब्र गतिमा गर्न निर्देशन गरेको छ ।
गाउँपालिकामा हालसम्म बजेटको ३० प्रतिशत काम सम्पन्न भई भुक्तानी भइसकेको¸ ३० प्रतिशत भुक्तानीको प्रकृयामा रहेको र ४० प्रतिशत काम भइरहेको प्रवक्ता खड्काले बताउनुभयो । उहाँले भन्नुभयो विभिन्न कारणले गर्दा गाउँपालिकाले लिएको लक्षअनुसार काम हुन नसकेपछी फाल्गुन तेस्रो साता देखी जेष्ठ तेस्रो साता सम्म सम्बन्धित कार्यक्षेत्र नछोड्न कार्यपालिका बैठकले पारित गरी निर्देशन गरीएको छ¸ र हामी सबै आ-आफ्नो काममा तिब्र रुपमा लागेका छौं ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।