• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिद सप्ताहमा सहिद परिवार र घाइते अपांगलाई सम्मान




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोराही १७ ले कटहीमा सहिदपरिवार, घाइते तथा अपांगता भएका २५ जनालाई सम्मान गरेको छ ।


सहिद सप्ताहको अवसरमा सहिद परिवारलाई सम्मान गरिएको हो । जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेल मारिएको फागुन १४ गतेदेखि सुखानी हत्याकाण्ड फागुन २१ गतेसम्मलाई समेटेर नेकपाले हरेक बर्ष सहिद सप्ताह मनाउँदै आएको छ । तत्कालीन माओवादीले जनयुद्धकालदेखि नै सहिद सप्ताह मनाउँदै आएकोमा एकतापछि नेकपाले सहिद सप्ताह मनाउन थालेको छ ।


वडा पार्टी अध्यक्ष पदमबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यले सहिदहरुकै रगतका कारण अहिले गणतन्त्र आएको बताउनुभयो ।

गणतन्त्रका लागि चलेको जनयुद्ध र अन्य आन्दोलनहरुमा हजारौं सहिदले रगत बगाएकै कारण गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक÷समावेशिता संभव भएको भन्दै उहाँले क्रान्तिका उपलिब्ध संस्थागत गर्दै जनताको जीवन रुपान्तरण आजको आवश्यकता भएको बताउनुभयो ।


कार्यक्रममा प्रदेश सचिबालय सदस्य लक्ष्मण आचार्य, लुमाकान्त न्यौपाने‘सागर’, जिल्ला कार्यालय सदस्य सुरामणि बेलबासे, जिल्ला सचिवालय सदस्य तथा नगर सचिव प्रमोद शर्मालगायतले बोल्नुभएको थियो ।

वडा अध्यक्ष खुशीराम चौधरीको स्वागत मन्तव्यबाट शुरु भइको कार्यक्रम सञ्चालन वडा सदस्य रेवन्ता पुनले गर्नुभएको थियो ।

Facebook Comments