• २३ कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा मनाइयो सातौं विश्व वन्यजन्तु दिवस





दाङको तुलसीपुर उपमहानगरपालिका हेमन्तपुरमा सातौं विश्व वन्यजन्तु दिवस मनाइएको छ । पृथ्वीका सबै जीवहरुलाई निरन्तरता दिऔं भन्ने नाराका साथ पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको आयोजनामा वन्यजन्तु दिवस मनाइएको थियो ।


केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका–१८ का वडाअध्यक्ष माधव वलीले जैविक विविधता संरक्षण अहिलेको सबैभन्दा तड्कारो आवश्यकता रहेको उल्लेख गर्दै वातावरणीय सन्तुलनका लागि पनि पृथ्वीमा रहेका सबै वन्यजन्तुको संरक्षण गर्नुपर्ने बताउनु भयो ।

मानव जातीको सम्बन्ध पनि प्रत्यक्ष वा परोक्षरुपमा वन्यजन्तुसँग पनि रहेकाले वन्यजन्तुको संरक्षणमा सबै क्षेत्रका समुदायहरु लाग्नु पर्ने उल्लेख गर्दै यसमा विद्यार्थी समुदायको विशेष भूमिका रहेको उल्लेख गर्नु भयो ।


तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका शिक्षा संयोजक देवराज विश्वकर्माले वातावरणीय सन्तुलनका लागि जंगली जनावरको संरक्षणको आवश्यकता रहेको अभिव्यक्ति दिनु भयो ।

पृथ्वीमा रहेका सबै वन्यजन्तुको वातावरणीय सन्तुलनमा उल्लेखनीय भूमिका रहेको उल्लेख गर्दै उहाँले हरेक वन्यजन्तुको उल्लेख्य आवश्यकता रहेको अभिव्यक्ति दिनु भयो । कार्यक्रममा गोरक्ष दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।


सो अवसरमा संस्थाका अध्यक्ष डिल्लीबहादुर रावतले विद्यार्थीहरुलाई वन्यजन्तु संरक्षणका विविध विषयमा जानकारी गराउनु भएको थियो । सो अवसरमा बिजौरी क्षेत्रका ४ वटा सामुदायिक विद्यालयहरु र दुई वटा निजी विद्यालयहरुका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सहभागी हुनेहरुमा जनकल्याण मावि दुधरास, मावि भित्रि संक्राम, मावि मानपुर, जनता संस्कृत मावि बिजौरी, हिमालय सेकेन्डरी ईग्लिस स्कुल र लक्ष्मी वोर्डिङ स्कुलका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका कार्यक्रम संयोजक दिपेन्द्र लामिछानेले गर्नु भएको थियो ।

Facebook Comments