• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रामकृष्ण ढकालको स्वरमा रमेशको गीत– ‘ए झण्डा तिमी…’ (भिडियोसहित)





वहुचर्चित सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा गीतकार रमेश दहालको गीत रचना, तथा प्रशिद्घ गायक रामकृष्ण ढकालको स्वरमा एक उत्कृष्ट राष्ट्रिय भावको गीतको लिरिकल गीत बजारमा आएको छ ।


एक पछि अर्को उत्कृष्ट गीत लेख्दै आएका गीतकार दाहालको गत बर्ष पनि ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियशी’ बोलको गीत निकै चर्चामा थियो । सङ्गीतकार शक्तिबल्लभ श्रेष्ठको सङ्गीत तथा गायक सुमित खड्काको स्वरमा रहेको सो गीतले नेपालीहरु माझ शान्ति कायम गरी देशको विकासमा लाग्न अनुरोध गरेको थियो ।


यस पटक नेपालको राष्ट्रिय झण्डाका बारेमा लेखिएको गीत ‘ए झण्डा तिमी सधै फर्फराउनु’ले झण्डाहरुबिच राष्ट्रिय झण्डाको गरिमा सधै उच्च हुनुपर्छ भनिएको छ । सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत तथा मनोहर सुनामको सङ्गीत संयोजनमा रेकर्ड भएको ‘ए झण्डा तिमी सधै फर्फराउनु’ बोलको गीतको ध्वनी सम्पादक भोला पौडेलले गरेका हुन भने यो गीत रमेशको गीतसँग्रह ‘हिउँको फूल’मा संलग्न रहेको छ ।


झण्डाहरुको माझ नेपालको झण्डा सधै उच्च रहनुपर्छ र यसले नेपालको सम्पूर्ण भूगोल समेटेर राख्नुपर्छ गीतले बोल्दछ । नेपाली झण्डाले मेची र काली, हिमाल र तराई अनि जातजाती बीच सधै समानता कायम गर्न सकोस् भन्ने आशय गीतमा व्यक्त गरिएको छ ।


हालै रेकर्ड भै युट्युबमा राखिएको ‘ए झण्डा तिमी सधै फर्फराउनु’ गीतले विश्वको जुनसुकै कुनामा गए पनि रातो र चन्द्रसुर्य अङ्कित नेपाली झण्डा गर्वले फहराउन सकोस् भन्ने आग्रह गरिएको छ । व्यक्ति जन्मेर मर्ने क्रम जारी रहन्छ तर झण्डा लाखौ बर्ष अमर अजर रहनुपर्छ भन्ने आशय गीतले ब्यक्त गर्दछ ।

https://www.youtube.com/watch?v=S8HT_DhayS0&fbclid=IwAR0WuynV_oLb40w5aZJ0bRuXqlgnfMvE5P2ZeN-wPaK2W2UYYE5NMWUKQrE
Facebook Comments