माध्यामिक विद्यालय रझेना विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा पुनः जीवन गौतम चयन हुनुभएको छ ।
आइतवार भएको अभिभावक भेलाबाट उहाँ सर्वसम्मतरुपमा चयन हुनुभएको हो । तीन बर्षअघि सर्वसम्मतरुपमा चयन हुनुभएका गौतम पुनः दोस्रो कार्यकालका लागि चयन हुनुभएको हो ।
समितिका सदस्यहरुमा गौतमसहित शान्ता भट्टराइ, बसरा पाण्डे र मैते पुन मगरलाई अभिभावक भेलाले सर्वम्मतरुपमा चयन गरेको थियो । समितिको पहिलो बैठकले गौतमलाई अध्यक्षमा चयन गरेको हो । बैठकले विद्यालयका संस्थापक, शिक्षाप्रेमी, चन्दादाता एवं बुद्धिजीवीबाट गोपालराज शर्मा र देवा पाण्डेलाई चयन गरेको छ । विद्यालय ब्यवस्थापन समितिको सदस्य सचिवमा प्रधानाध्यापक उद्धव न्यौपाने रहनुभएको छ । त्यस्तै अभिभावक भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा पुनः मानबहादुर बिश्वकर्मालाई चयन गरेको छ ।
भेलामा अभिभावकहरुले अध्यक्ष गौतमको कार्यकालमा विद्यालयले अभूतपूर्व प्रगति गरेकाले उहाँलाई दोहो¥याउन माग गरेका थिए ।
यसैबीच नवनिर्वाचित अध्यक्ष जीवन गौतमले आगामी शैक्षिकसत्रदेखि नेपाली माध्यमतर्फ कक्षा १ देखि ८ सम्मको सम्पूर्ण पठानपाठन निशुल्क हुने घोषणा गर्नुभएको छ । नेपाली माध्यमतर्फ कक्षा ९ र १० तथा अंग्रेजी माध्यमतर्फ भने अभिभावकले केही योगदान गर्नुपर्ने बताउनुभयो । आफू अध्यक्षमा आएपछि विद्यालयमा एक हजार विद्यार्थी थपिएको उल्लेख गर्दै उहाँले अब गुणस्तरीय शिक्षामा जोड दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।