नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले देउवाले पाँच नेतालाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गर्नुभएको छ ।
जसअनुसार दाङका कृष्णकिशोर घिमिरे, झापाका गोपालकुमार बस्नेत र सुधीरकुमार शिवाकोटी, धनकुटाका मनोहर नारायण श्रेष्ठ र तनहुँका ध्रुव वाग्लेलाई आमन्त्रित सदस्य मनोनित गरिएको कांग्रेसले जनाएको छ । देउवाले १३ विभाग प्रमुख पनि मनोनय गर्नुभएको छ ।
संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ बनेका छन् भने प्रवक्ता विश्वप्रकाश शर्मा सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुख तोकिनुभएको छ ।
यस्तै रमेश रिजाललाई संघीय मामिला, तथा प्रदेश समन्वय विभाग, फरमुल्लाह मन्सुरलाई मुस्लिम, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग, आनन्दप्रसाद ढुंगानालाई वित्तिय तथा सहकारी संस्था समन्वय विभाग, अजय चौरसियालाई तराई मधेस, शंकर भण्डारीलाई तरुण, सीता गुरुङलाई अदिवासी जनजाति, गोविन्द भट्टराईलाई नेपाल जनसम्पर्क, चिनकाजी श्रेष्ठलाई उद्योग ब्यापार र शिवप्रसाद हुमागाइँलाई श्रमिक तथा ट्रेड युनियन विभाग प्रमुख तोकिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।