दाङको बंगलाचुली गाउँपालिकाका मतदाताले पूर्वसभामुख एवं दाङ २ का सांसद कृष्णबहादुर महरालाई उत्सवकै रुपमा स्वागत गरेका छन् ।
महराले अदालतबाट सफाइ पाएपछि आफूहरुको मतले दोस्रोपटक जितेको भन्दै खुशीयाली मनाए । पहिले चुनावमा सांसदको रुपमा महराले जित्दा पहिलो जीत भएको टिप्पणी गर्दै मतदाताहरुले यसपटक महराले न्यायको लडाइ जित्दा आफूहरुको मतको थप सम्मान महसुस भएको बताए ।
बंगलाचुलीका गाउँगाउँबाट नाचनाग गर्दै मतदाता महरालाई स्वागत गर्न ओइरिएका थिए भने कार्यक्रमस्थल पनि रंगीचङ्गी बनाएका थिए ।
सो क्रममा बोल्दै पूर्वसभामुख एवं दाङ २ का सांसद महराले दाङवासीले दिएको यो अपार प्रेमले आफू भावविह्वल भएको बताउनुभयो । यसले दाङलाई एकताबद्ध गरेर जिल्लाको विकासका लागि अघि बढ्न थप दायित्व थपिएको महसुस आफूले गरेको उहाँले बताउनुभयो ।
जिल्ला प्रवेशसँगै धानखोलादेखि हापुरेसम्मर आज मर्फेसदेखि झेल्नेटासम्मका जनताबाट पाएको मायाँले आफूलाई निकै उत्साहित बनाएको उल्लेख गर्दै पूर्वसभामुख महराले आफू क्षेत्र नम्बर २ बाट निर्वाचित भए पनि समग्र दाङको जनप्रतिनिधिको रुपमा दाङवासीले आफूलाई उभ्याएको महसुस गरेको बताउनुभयो । साथै उहाँले ले जनताको तागतका अगाडि कसैको केही नलाग्ने बताउनुभयो ।
‘‘म तीन महिरा भूमरीमा परें। अहिले छुट्कारा पाएको छु। कसैले षड्यन्त्र गर्दैमा गलत कुरा सही हुन सक्दैन,’ उहाँले भन्नुभयो– ‘अन्तमा मैले न्याय पाएको छु। यो मेरो जीत होइन, तपाईं जनताहरुको हो।’
आफू जनताको बीचमा आएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘जनताको तागतको अगाडि कसैको केही लाग्दैन। मलाई जनताको साथ छ। यही नै ठूलो कुरा हो।’
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।