उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) दाङ्गको अध्यक्षमा तुलसीपुरमा रहेको ज्ञानज्योति मावि र ज्ञानदीप कलेजका प्रमुख सुरेन्द्र जिसी सर्वसम्मत चयन भएका छन् । जिसीले यो भन्दा अगाडिको कार्यकालमा सचिव भएर काम गरेका थिए ।
घोराहीमा भएको हिसानको जिल्ला अधिवेशनले जिसीलाई अध्यक्षमा चयन गरेको हो. । संघको उपाध्यक्षमा गोरखा मोडल स्कुल लमहीका सिइओ डा.जीवराज आचार्य, सचिवमा अरनिको मावि तुलसीपुरका प्राचार्य विष्णुप्रसाद देवकोटा र कोषाध्यक्षमा गोरखा मावि घोराहीका व्यवस्थापन संकायका संयोजक एमवि केसी चयन भएका हुन् । बाँकी सदस्य पदमा भने कार्यसमितिले पदपुर्ति गर्नेछ ।
कार्यक्रमका प्रमुख अतिथि हिसानका केन्द्रीय सदस्य शंकरकिरण घिमिरेले संस्थागत विद्यालयको हितका लागि हिसानले आवाज उठाउँदै आएको कुरामा जोड दिदै सबै विद्यालयका विचमा समन्वय कायम गरेर समग्र शिक्षाको अवस्था सुधारमा ध्यान दिनुपर्ने वताए । ‘सवै विद्यालय र कलेजलाई एउटै सुत्रमा वाँधेर समन्वयको भुमिका खेल्नु आवश्यक छ ’ उनले भने ।
कार्यवाहक अध्यक्ष दानवहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि शेषमणी गौतम र अरुणकुमार शर्माले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।