नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट युवक संगठनका दाङ जिल्ला सदस्य अर्जुन शाहीले सो पार्टी परित्याग गर्नुभएको छ ।
दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर ४ निवासी २८ बर्षीय शाहीले प्रेस विज्ञप्ति जारी गरी सो पार्टी परित्यािग गरेको जानकारी गराउनुभएको हो ।
आफू विप्लवको युवक संगठनमा रहेको जनाउँदै विज्ञप्तिमा सो पार्टीका कृयाकलाप नेपालको संविधान र प्रचलित कानूनविपरीत रहेकाले आफू सो पार्टीमा नरहेको उल्लेख शाहीले गर्नुभएको छ ।
आजैका मितिदेखि स्वतन्त्र जीवनयापन गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।