• २२ कार्तिक २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राष्ट्रपति रनिङ शिल्ड पद्मोदयलाई, भलिबलतर्फ छात्रछात्राकै उपाधि ज्ञानसिन्धुलाई




घोराही उपमहानगरपालिकाले आयोजना गरेको १२ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुल प्रतियोगीताको उपाधि पद्मोदय पब्लिक नमूना माबि भरतपुरले हात पारेको छ ।

१० स्वर्ण, ४ रजत र ५ कास्यसहित १९ पदक हात पार्दै पद्मोदय माबिले उपाधि हात पारेको हो । त्यसैगरी, १८ पदक हात पार्दै गोर्खा मावि दोस्रो भएको छ ।

गोर्खाले ८ स्वर्ण, ६ रजत र ४ कास्य जितेको हो । त्यसैगरी, नेपाल पुलिस स्कुलले ५ स्वर्ण ८ रजत र ६ कास्य गरि १९ पदक प्राप्त गर्दै तेस्रो भएको छ ।

यसैगरी, ज्ञानसिन्धु कलेजले २ स्वर्ण र एक रजत गरि ३ पदक जित्दै सान्तोना भएको प्रयोगिता सचिवालय संयोजक बालकृष्ण शाहले जानकारी दिनुभयो ।

भलिवल खेलमा ज्ञानसिन्धु मावि छात्रा र छात्र दुबै खेलमा प्रथम भएको छ । खेल समापनका अवसरका भएको भलिबल छात्र फाइनलमा ज्ञानसिन्धुले विद्यानिलकण्ठलाई ३–१ सेटमा पराजित गरेको थियो । अतिथि, आयोजक र ठूलो संख्यामा विद्यार्थीहरुका बीच भएको फाइनल निकै रोमाञ्चक देखिएको थियो ।

त्यस्तै एथलेक्टीस खेलमा उत्कृष्ठ छात्रा खेलाडी तर्फ नेपाल पुलिस स्कुलकी सर्मीला घर्ती र छात्र तर्फ पद्मोदयका विश्वास चौधरी घोषित हुनुभयो । भलिवल तर्फ छात्रा ज्ञानसिन्धुकी प्रियासी ओली र छात्र ज्ञानसिन्धुकै दिनेश बाँठामगर, कवडी तर्फ गोर्खाका मेघराज खनाल र छात्रा तर्फ एन्जील घर्ती उत्कृष्ठ घोषित हुनुभएको छ । फागुन ७ गते देखी सुरुभएको प्रतियोगिताको आईतबार समापन र पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगितामा १८ सरकारी र १३ निजी विद्यालयका खेलाडीहरु सहभागि भएका थिए ।

वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेको अध्यक्षता एवं प्रदेशसभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यता तथा घोराही उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक भरतमणि आर्याल र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको बिशिष्ठ आतिथ्यतामा प्रतियोगिताको आज समापन गरिएको छ ।

प्रतियोगिता अन्तर्गत एक सय मिटर देखी ३ हजार मिटर सम्म दौड, रिले, सटफुट, ज्यावलिङ, लङजम्प, त्रिपल जम्प, कबडी र भलिवल खेल भएका थिए ।

यस बर्ष पद्मोदय विद्यालयले संयोजन गरेको खेल आगामी बर्ष मावि डाँडागाउँ गोग्लीले खेलाउने भएको छ । कार्यक्रमको सहजिकरण पद्मोदय विद्यालयका शिक्षक निशान्त आचार्यले गर्नुभएको थियो ।

Facebook Comments