• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्थानीय तहका काम बुझ्दै विद्यार्थी





मोर्गन इन्टरनेशल कलेज बसुन्धरा काठमाडौमा स्नातक तेस्रो बर्षमा सामाजिक कार्य अध्ययन गरिरहेका विद्यार्थीहरु व्यवहारीक सिकाईका लागि अध्ययन गर्न दाङमा आएका छन् ।


पाठ्यक्रममा भएका सामाजिक बिषय बस्तुहरुलाई व्यवहारीक कार्यान्वयनमा सरकारी कार्यालयहरुबाट हुने सम्पादनका बारेमा बुझ्न १६ जना विद्यार्थीहरु दाङमा आएका हुन् ।

उनिहरुले शुक्रबार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र उपप्रमुख सीता सिग्देल न्यौपाने सँग विद्यार्थीहरुले सामाजिक कार्यका बिषयमा सात्क्षात्कार गरेका छन् । उनिहरुले स्थानिय सरकारको काम कार्वाही र सेवा प्रबाहका बिषयमा जानकारी लिदै विभिन्न जिज्ञासाहरु राखेका थिए । आफुहरुले अध्ययन गर्ने विषय र सेवा प्रबाहमा जोडिने सवालहरुका बारेमा नगर प्रमुख र उपप्रमुख सँग बिद्यार्थीहरुले अन्तरक्रिया गरेका छन् ।


पढाई सँग सेवा प्रबाहको बिषयलाई नागरिक अधिकार सँग जोड्न सकिने विधी र बिषयमा छलफल भएको छ । कार्यक्रममा नगर प्रमुख चौधरीले सकारात्कम सोच र जनतालाई केन्द्रमा राखेर गरिने कार्यबाटै संबृद्धी आउने बताउनुभयो । सामाजिक कार्य नै सर्बश्रेष्ठ भएको भन्दै जनताका सवाललाई मुख्य ठानेको जानकारी दिनुभयो ।

नगरले नागरिकका सरोकार सँग जोडिएका अनेक बिषयलाई संबृद्धीको योजना भित्र राखेर काम गरिरहेको उल्लेख गर्नुभयो । विद्यार्थीहरुले प्युठान, रोल्पा, चितवन सहितका जिल्लामा पुगेर विभिन्न कार्य अनुभवलाई संकलन गर्ने उक्त संकायका संयोजक किरण थापाले जानकारी दिनुभयो ।

Facebook Comments