• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाहाल प्रतिष्ठानको प्रदेश अधिवेशनः विभिन्न क्षेत्रका चार जना सम्मानित




दाहाल प्रतिष्ठान प्रदेश नम्बर ५ को प्रथम अधिवेशन दाङमा सम्पन्न भएको छ ।

घोराही १० नारायणपुरमा भएको अधिवेशननले नुमाकान्त दाहालको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा लोकमणि दाहाल, भीमबहादुर केसी दाहाल र बिष्णुप्रभात दाहाल, सचिव गणेशप्रसाद दाहाल, सहसचिव विनायक दाहाल र कोषाध्यक्ष विनोद दाहाल रहनुभएको छ । अधिवेशनबाट ४१ जना निर्वाचित हुनुभएको थियो भने पहिलो बैठकले दश जना मनोनित गर्ने ब्यवस्था रहेको छ ।

प्रतिष्ठानका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक इन्द्रलाल शर्मा दाहालको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शालिकराम दाहालले गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि दाहालले दाहाल बन्धुहरुको इतिहासको खोजी गर्दै सामाजिक सेवाको भावनाबाट प्रतिष्ठान अघि बढेको बताउनुभयो ।

प्रतिष्ठानका सहअध्यक्ष दुर्गाप्रसाद दाहालले देशभरिका दाहालहरुको खोजी गरेर व्यक्तित्व र बन्धुत्व विकासमा अघि बढाउने प्रतिष्ठानको उद्देश्य रहेको बताउनुभयो ।

महासचिव पुण्यप्रसाद दाहालले दाहालहरुको वंशावली तयार गरेर वेबसाइटमा राखिने जानकारी दिंदै चाहेको बेला हरेक सदस्यले आफ्नो वंशको बारेमा जानकारी लिनसक्ने बताउनुभयो ।

कार्यक्रममा सचिव बलराम दाहाल, केन्द्रीय सदस्यहरु लक्ष्मण दाहाल, सूर्यकुमार दाहाल, प्रदेश २ का अध्यक्ष दुर्गाप्रसाद दाहाल, केन्द्रीय सदस्यहरु चन्द्रप्रसाद दाहाल, विश्वप्रेमी दाहाल, दाहाल बन्धु कुलायन समाजका कार्यवाहक अध्यक्ष ऋषिराम शर्मा दाहाल, साहित्यकार कमलमणि देवकोटालगायतले बोल्नुभएको थियो । बिष्णुप्रभात दाहालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन गणेशप्रसाद दाहालले गर्नुभएको थियो भने नुमाकान्त दाहालले बिषय प्रवेश गराउनुभएको थियो ।


चार जना सम्मानित


सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने चार जनालाई सम्मान गरिएको थियो । जसअनुसार अम्बिकादेवी पदमप्रसाद दाहाल पत्रकारिता पुरस्कारबाट नयाँ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसी दाहाल, पण्डित जानकी बल्लव दाहाल साहित्यिक पुरस्कारबाट साहित्यकार कमलमणि देवकोटा, हरिप्रसाद गौरादेवी दाहाल लोकसांस्कृतिक पुरस्कारबाट लोकसांस्कृतिकर्की चन्द्रप्रसाद थारु र हरिप्रसाद गौरादेवी दाहाल लोकसंगीत पुरस्कारबाट लोकसंस्कृतिकर्मी भुवन गन्धर्वलाई सम्मान गरिएको थियो ।

Facebook Comments