• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ढुक्क भएर काम गर्ने वातावरण नभएको महिला पत्रकारको गुनासो




फोेटो पत्रकारिताका कृयाशिल महिला पत्रकारहरुले पत्रकारिता क्षेत्रमा ढुक्क भएर काम गर्ने वातावरण नभएको वताएका छन् । उनिहरुले अहिले पनि घर,परिवार र समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेकोले महिलाहरुहको पत्रकारिता क्षेत्रमा सहभागिता कमी रहेको वताएका हुन ।


नेपाल पत्रकार महासंघ महिला समितिले आयोजना गरेको महिला फोटो पत्रकारको चुनौति र नेपाल पत्रकार महासंघको दायित्व विषयक कार्यक्रममा सहभागि फोटो पत्रकार प्रेरणा शाक्यले पत्रकारिता क्षेत्रमा प्रवेश गर्न पहिल्यै घरैवाट सुरु भएको संघर्ष कार्यस्थल र समाजमा पनि ग र्नु पर्ने वताउनुभयो। उहाले भन्नुभयो महिला मैत्री वातावरण ,उचित पारिश्रमिको अभावमा पत्रकारितामा महिला क्रियाशिलतामा कमी आएको छ ।

पत्रकार उषा तिवारीले फोटो पत्रकारिता लगानी सहित गरिए पनि तस्विर अनुसारको उचित पारिश्रमिक पाउन नसकेको गुनासो गर्नु भयो । उहाले भन्नुभयो फोटो पत्रकारिता जोखिमपूर्ण पेशा हो । लगानी धेरै भएपनि उचित पारिश्रमिक छैन ।

नेपाल टेलिभिजनका क्यामेरा मेन ममता कोईरालाले सह अस्तित्वका लागि पनि आफुहरु पत्रकारिता क्षेत्रमा कृयाशिल भएको वताउनुभयो । उहाले भन्नुभयो पुरुष पत्रकार जतीकै सजिलो पत्रकारितामा महिला पत्रकारलाई छैन । एउटा महिलाको भूमिका वहुआयामिक छ । तर पनि काम गरिरहेका छौ ।


नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरुलाई टिकाई राख्न न्यूनतम पारिश्रमिक र महिला मैत्री वातावरण आवश्यक हुने वताउनु भएको छ । उपाध्यक्ष पोख्रेलले पत्रकारिता पेशा समाजीक उत्तरदायित्व सहितको चुनौतिपूर्ण काम भएकोले कानुन र अन्य कुराले प्रेस स्वतन्त्रता माथी हस्तक्षेप भए मान्य नहुने वताउनु भयो । उहाले भन्नुभयो फोटो पत्रकारिता सुरुमै आफैले लगानी गरेर सुरु गर्नु पर्ने हुन्छ । फोटो सहित अन्य विधामा क्रियाशिल पत्रकार जस्तै लगानी सहित सुरु गरिने पत्रकारितामा न्यूनतम पारिश्रमिक पाउनै पर्दछ ।


पत्रकार महासंघले पेशागत सुरक्षा सहित पत्रकारहरुको सीप क्षमता विकास पनि काम गर्दे आएको उपाध्यक्ष पोख्रेलको भनाई छ । उहाले भन्नुभयो महासंघको तर्फवाट विकास हुदै गएको विधागत पत्रकारितालाई ध्यान दिएर सीप क्षमताका पनि काम गछौ ।


नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राधेश्याम दाहालले पत्रकारितामा चुनौति सहित अवसर पनि भएको वताउनुभयो । उहाले भन्नुभयो पत्रकारितामा फोटो सशस्क्त विद्याको रुपमा आएको छ । यसलाई अबसरमा वदल्नु पर्दछ । संख्या भन्दा पनि गुणस्तरियता अहिलेको आवश्यकता हो ।


नेपा पत्रकार महासंघका केन्द्रीय सचिव लक्ष्मी पुनले महिला पत्रकारहरुलाई पत्रकारिता क्षेत्रमा टिकाई राख्न नीतिगत , संस्थागत वा सीप क्षमता विकास कार्यक्रम ल्याउन आफुहरुले महासंघमा पहल गरिरहेको वताउनु भयो ।

Facebook Comments