• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उपराष्ट्रपति थवाङ आउदै, बलभद्र माविको अक्षयकोष एक करोड पुर्याउने लक्ष्य




उपराष्ट्रपति नन्द बहादुर पुन पासाङ फाल्गुन ११ गते थवाङ आउनहुनुभएको छ ।


वीर बलभद्र नमुना माध्यामिक विद्यालयलाई नमुना घोषणा कार्यक्रम, विद्यालयको अक्षयकोष स्थापना तथा विद्यालयको वार्षिक स्मारिका विमोचन र गोर्खा मेमोरियल फन्र्ट युके द्धारा विद्यालयलाई सहयोग गरिएका कम्प्युटर हस्तान्तरण कार्यक्रम तय गरिएको छ ।

उपराष्ट्रपति पुन सँगै शिक्षा मन्त्री गिरिराजमणि पोख्रेल, उर्जा लस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन ‘अनन्त’, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वखेलकुद मन्त्री दलजित श्रीपाली, संघीय संसदका शिक्षा समिति सभापति जयपुरी घर्ती लगायतका नेताहरु आउने कार्यक्रम रहेको छ ।


वि सं २०१५ सालमा स्थापना भएको वीर वलभद्र नमुुना विद्यालयमा अध्ययन गरेका व्यक्तिहरु देशका थुप्रै उच्च ओहदमा पुगेका छन् । उपराष्ट्रपति पुनले पनि वाल्यकालमा कक्षा ९ र १० कक्षा सोही विद्यालयमा अध्ययन गर्नुभएको थियो ।

आफुले अध्ययन गरेको विद्यालयमा आफु आउन पहिले देखिनै चासो राख्नुभएको थियो यस पटक यही कार्यक्रलाई सम्बोधन गर्न उप राष्ट्रपति पुन थवाङ आउन लाग्नु भएको छ विद्यालयका प्र.अ कुलबहादुर वलीले जानकारी दिनुभयो । वि.सं २०६६ सालमा स्थापन गरिएको विद्यालय अक्षयकोष कार्यक्रम अन्र्तगत अहिले सम्म करिव ४९ लाख रकम अक्षयकोष जम्मा गर्न सफल भएको र यसै वर्ष १ करोड रकम पु¥याउने लक्ष्य रहेको छ ।

Facebook Comments