• २२ कार्तिक २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाहाल प्रतिष्ठानको ५ नम्बर प्रदेश अधिवेशन दाङमा




दाहाल प्रतिष्ठानको ५ नम्बर प्रदश अधिवेशन दाङको नारायणपुरमा हुने भएको छ । दाहाल प्रतिष्ठान केन्द्रीय समितिको निर्णयअनुसार अधिवेशन फागुन ९ गते विहान ८ बजेट नारायणपुरमा हुने भएको हो ।


प्रतिष्ठानका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक इन्द्रलाल शर्मा दाहाल, आयोजक प्रमुख नुमाकान्त दाहाल र जिल्ला शाखा संयोजक जागेश्वर दाहालले संयुक्त विज्ञप्ति जारी गरी सो जानकारी दिनुभएको हो ।


अधिवेशनमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । जसअनुसार पण्डित जानकी बल्लव दाहाल सेवा कोषबाट साहित्यकार कमलमणि देवकोटा, अम्बिकादेवी पदमप्रसाद दाहाल सेवा कोषबाट पत्रकार नरेन्द्र केसी दाहाल, हरिप्रसाद गौरादेवी दाहाल सेवा कोषबाट लोकसंस्कृतिककर्मी चन्द्रप्रसाद थारु र सोही कोषबाट लोक संगीतकर्मी भुवन गन्धर्बलाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ ।


यसैबीच प्रतिष्ठानले यसअघिको शुल्क घटाएर आजीवन सदस्यता शुल्क एक हजार मात्रै कायम गरिएको जनाउँदै बैशाख ५ गतेसम्म सदस्यता लिन पनि इच्छुक दाहाल बन्धुहरुलाई अनुरोध गरेको छ ।


मैले समाचार पढें, विप्लवले बन्द आव्हान गरेको भनेको रहेछ तर मेरो सम्पर्कमा भएका विप्लव नेताहरुले बन्द छैन भनिरहेका छन्, यहाँले नै शेयर गरेपछि अब विप्लवकै रहेछ भन्ने बुझ्नुपर्ने होला

Facebook Comments