रुकुम पश्चिम सानीभेरी गाउँपालिका ८ विप्पेलेखमा जुगेपानी विप्पेलेख पंपिङ खानेपानी तथा सरसफाई आयोजना उद्घाटन गरिएको छ । गाउँपालिकाले २०७४ सालदेखी निर्माण सुरु गरेको खानेपानी आयोजना वडा नं ८ माथिल्लो आम्डाँडाका ९० घरधुरी सबैमा धारा जडान गरी पानी वितरण गरिएको हो ।
गाउँपालिकाले आफ्नो योजनामा बैंकमा गौरबको योजना ठानेर निर्माण कार्य अघि बढाएको आयोजनामा निर्माण कार्य सम्पन्न गर्दा सम्म कुल बजेट १ करोड ३५ लाख १४ हजार रकम खर्च भएको उपभोक्ता समिति अध्यक्ष नरबिर ओलीले बताउनु भयो । जस अनुसार सानीभेरी गाउँपालिकाको कुल बजेट ४६ लाख ५० हजार¸ प्रदेश सरकारको समपुरक बजेट ४३ लाख¸ आशा कार्यक्रमको १७ लाख¸ समुदायबाट चन्दा संकलन १० लाख¸ रुकुमेली समाज विकास केन्द्रको ४ लाख ९५ हजार र जनश्रमदान १३ लाख ६९ हजार रहेको छ ।
खानेपानी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै अध्यक्ष पुनले वडा नं ८ को विप्पेलेख पंपिङ खानेपानी सानीभेरी गाउँपालिकाको महत्वकांक्षी योजना रहेकोले उक्त योजना सम्पन्न हुदा आफुहरुले ठुलो सफलता भएको महशुस गरेको बताउनु भयो । उहाँले योजना निर्माण मात्र ठुलोकुरा नभएर सम्पन्न भएका योजनाहरुलाई कसरी दिगो बनाउने भन्नेमा सबैको साथ सहयोग हुनुपर्ने समेत बताउनु भयो ।
सानिभेरी गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष शसिराम बुढाथोकीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष नरबहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला समन्वय समिति सदस्य धनबिर ओली¸ गाउँपालिका उपाध्यक्ष इन्दिरा ओली¸ सानीभेरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमारी रिमा मल्ल¸ आशा कार्यक्रमका जिल्ला आयोजना संयोजक पर्शुराम पौडेल¸नेपाली कंग्रेस जिल्ला सदस्य रीपबहादुर ओली तथा विभिन्न वडाका वडा अध्यक्ष समाजसेवी पार्टी प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।