• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गोरखाले चुम्यो तुलसीपुरस्तरीय राष्ट्रिपति कपको उपाधि




तुलसिपुर उपमहानगरपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को उपाधी गोरखा मा.बि तुलसिपुर ले हात पारेको छ ।


तुलसिपुर उपमहानगरपालिकाको आयोजना तथा सहिद स्मृति आबासिय बिधालय तुलसिपुर १७ बनकट्टी को संयोजनमा संचालित प्रतियोगिता को सोमबार सम्पन्न प्रतियोगितामा कुल १३ स्वर्ण,५ रजत र ३ कास्य पदक हात पार्दै लगातार ४ बर्ष जित कब्जा गर्दै गोरखा मा.बि.तुलसिपुर ले उपाधी चुम्न सफल भएको हो ।

त्यस्तै ज्ञानज्योती सेकेण्डरी स्कुल तुलसिपुर ६ स्वर्ण,१० रजत र ६ कास्य पदक का साथ दोस्रो स्थान हात पार्दा महेन्द्र माबी तुलसिपुर ३ स्वर्ण,१ रजत र २ कास्य पदकका साथ तृतिय भयो । त्यस्तै गुरुजजुर मा.बि. रक्षाचौर २ स्वर्ण,३ रजत र ४ कास्य पदक सहित सान्त्वना स्थान हात पार्न सफल भएको प्रतियोगिता का सचिवालय सदस्य बालकृष्ण शाह ले जानकारी दिनुभयो ।

यसैबिच प्रतियोगिता को समापन समारोह तुलसीपुर उपमहानगरपालिका का उपमेयर माया आचार्य को अध्यक्षता तथा शिक्षामन्त्रीका प्रमुख राजनितिक सल्लाहकार जीवन गौतमको प्रमुख आतिथ्यमा भएको थियो ।


कार्यक्रम सञ्चालन संयोजक विद्यालय सहिदस्मृति माविका प्रधानाध्यापक नारायण पौडेलले गर्नुभएको थियो ।

Facebook Comments