• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होलेरीमा राष्ट्रिय मिडिया सम्मेलनको तयारीः यस्तो छ होलेरीको हार्दिकता (होलेरीको संक्षिप्त चिनारीसहित)




रोल्पाको होलेरीमा राष्ट्रिय मिडिया सम्मेलनको तयारी तीब्र पारिएको छ ।
फागुन १ र २ गते मिडिया सम्मेलन हुँदैछ । रुन्टीगढी गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ रोल्पाको सहआयोजनामा सम्मेलन हुँदैछ ।


रोल्पाको होलेरीबाट २०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले जनयुद्ध शुरु गरेको थियो । सोही दिनको सन्दर्भमा पारेर होलेरीलाई ऐतिहासिक पर्यटकीयस्थलको रुपमा विकास गर्न रुन्टीगढीले हरेक बर्ष राष्ट्रियस्तरको कार्यक्रम गर्दैआएको छ ।


फागुन १ गते विहान होलेरीमा निर्मिति शान्ति स्मारक उद्घाटन गरिने छ । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले स्मारकपछि सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटनपछिका सत्रहरुमा राजनीतिक क्षेत्रबाट वर्षमान पुन, ओनसरी घर्ती, अम्मरबहादुर डाँगी र बालाराम बुढाका सत्र रहने छन् ।

त्यस्तै सञ्चारकर्मीका सत्रमा नारायण वाग्ले, किरण नेपाल, गुणराज लुईटेल, नारायप्रसाद शर्मा, सुशील गौतम, प्रशान्त अर्याल, टिकाराम यात्री, नारायण अमृत, अखण्ड भण्डारी, नितु पण्डित, निर्मला शर्मा, भूषिता वशिष्ठ, गंगा वि.सी. र उमेश चौहानका प्रस्तुति रहने छन् । त्यस्तै डा. गोविन्द आचार्य, नवीन विभास र नेपाल पत्रकार रोल्पाको कार्यक्रम प्रस्तुत हुने कार्यक्रम राखिएको आयोजक गाउँपालिकाले जनाएको छ ।


दुबै दिन विहान ७ देखि ९ बजेसम अतिथिहरुलाई होलेरी आसपासका पर्यटकीय क्षेत्रको भ्रमण गराइने छ ।

के हो होलेरी, किन जाने होलेरी ?

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ५ नंः प्रदेश अन्तरगत रोल्पा जिल्लाको १० वटा स्थानीय तह मध्येको रुन्टिगढी गाँउपालिका पनि एक हो । अति सौन्दर्य मनमोहक स्वर्गद्वारी महाप्रभुको जन्म थलो रुन्टि र महाप्रभुले तपश्या गरेको ठाउँ गढीको नामवाट नामाकरण गरिएको यस गाउँपालिकाको केन्द्र होलेरी मा रहेको छ । यस गाउँपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङ दक्षिण भागमा अवस्थिती रहेको छ । यस गाउँपालिकाको क्षेत्रफल २३२.६९ वर्ग कि.मि. र जनसंख्या ३०५३१ रहेको छ । साविकका ७ वटा गाउँ विकास समितिहरु मिलाइएर वनेको यस रुन्टिगढी गाउँपालिकाको पूर्वमा प्यूठान नगरपालिका, पश्चिममा त्रिवेणी गाउँपालिका र कर्णालि प्रदेशको सल्यान जिल्ला, उत्तरमा रोल्पा नगरपालिका र सुनिल स्मृति गाउँपालिका र दक्षिणमा दाङ जिल्ला पर्दछ ।
होलेरी क्षेत्रका मुख्य पर्यटकीय स्थाल र सम्भावनाहरु:
क) स्वर्गद्वारी महाप्रभुको जन्म स्थान आध्यात्मीक स्थल रुन्टी ः स्वर्गद्वारी महाप्रमुको जन्म स्थान रुन्टी साविकको सखि गा.वि.स. र हाल यस गाउँपलिकाको वडा नं. ९ स्थित रुन्टी गाउँमा पर्दछ । रुन्टीमा महाप्रभुले तपश्या गरेको भग्न ओडार, यज्ञ गरेको यज्ञशाला, मन्दिर, गौशाला र धर्मशाला लागाएतका स्थानहरु छन । सहिदमार्गको खस्रेबाट रुन्टी सम्म मोटरबाटोको ट्रयाक खनिएको छ ।


ख) स्वर्गद्वारी महाप्रभुको तपो भूमि तथा ऐतिहाँसीक किल्ला गढी लेक: बाइसे चौविसे राजाहरुको गढी रहेको यस स्थलमा महाप्रमुले स्वर्गद्वारी जानु अगाडी तपश्या गरेको हुदा यसलाइ तपो भूमि भनिन्छ । यहाँ मन्दीर तत्कालीन गढीको भग्नावसेस रहेको छ । हाल भ्यूटावर निर्माण भएको यस क्षेत्रबाट उत्तरी हिम श्रृखला र दक्षिणी समथर भुबाग हेर्न सकिन्छ । यहाँ सम्म मोटरबाटोको ट्रयाक र पैदल सिढी निर्माण गरिएको छ ।


ग) शिव पार्वती गुफा : होलेरी बजार देखि दक्षिण पश्चिम लर्फ शिव पार्वति गुफा अवस्थित छ । प्राकृतिक गुफा भित्र शिवलिङ्ग र गाइका थुनहरुको आकृति रहेको हुदा यसलाइ शिव पार्वति गुफा नामाकरण गरिएको छ । गुफा क्षेत्रमा प्रवेशद्वार, मन्दिर , प्रतिक्षालय लगाएक पूर्वाधारको निर्माण गरिएको छ । यहाँ सम्म पुग्ने मोटरबाटो निर्माण गरिएको छ ।

घ) भारत देखिने मुरुल्ले लेक : यस लेकबाट दक्षिणमा भारत सम्म देखिने भएकोले यसको नाम भारत देखिने लेक नामाकरण गरिएको छ । यहाँबाट उत्तरमा हिमाल समेत देख्न सकिन्छ । यस क्षेत्र सम्म पुग्ने मोटरबोटो निर्माण गरिएको छ ।


ङ) प्राकृतिक शुन्दरता ( हिमाल भ्यू, सन् सेट, सनराईज,कुहिरो, जंगल भ्यू आदि ) : होलेरी क्षेत्रको अर्को अकर्षण सन साइन र सन सेट हो विहान उदाउने सर्य र वेलुका अस्थाउने सुर्यको दृष्य अति मनमोहक देखिन्छ । यस क्षेत्रमा आउने कुहिरोले शुन्दरता थपेको छ । होलेरी क्षेत्रको कयौं स्थानबाट हिमाल हेर्न सकिन्छ । नजिकै दाङ्ग उपत्यका भएकाले दाङ्ग, देउखरी, नेपालगंज र बुटवल समेतबाट गर्मी छल्न आउने र चिसोमा रमाउने आउनेको बाक्लै उपस्थिति हुन्छ होलेरीमा । यसकारण होलेरीलाइ हिलसाईडको रुपमा विकास पनि गर्न सकिन्छ ।


च) गुँरास गार्डेन : यस क्षेत्रको अर्को आर्कषण काफल, गुराँस, चुत्रा, ऐसेलु लागाएतका बन्य फल र फुल पनि हो । साथै कालिज मृग, बाग लागातका जनावरहहरु नजिकैको जंगलमा पाइने भएकाले यिनिहरुको समरक्षणका लागि अभियान चलाइएको छ । गुँरास फुल र रुखको संरक्षणका लागि गुँरास गार्डेन अभियान चलाइएको छ । गुँरासा गार्डेन पनि यस क्षेत्रको आर्कषणका रुपमा रहेको छ ।


छ) शान्ति स्मारक : २०५२ फागुन १ गते तत्कालीन माओवादीले प्रहरी चौकी आक्रम गरेर नेपालमा जनयुद्ध सुरुवात गरे । पछि २०५८ असार २८ गते पुन यसै स्थानमा पुनः आक्रमण गरेर ७२ जना प्रहरी अपरण गरियो र १ जनाको मृत्यू भयो । यसै स्थानमा गाउँपालिकाद्वारा शान्ति स्मारक निर्माण गरिदै छ ।


ज) पूर्व जनमुक्ति सेनाका शिविरहरु : दहवन, खस्रे र उघाँमा यस्ता शिविरहरु रहेका छन् । तत्कालीन जनमुक्ति सेना बसेका यस्था शिविरहरुलाइ पनि यस क्षेत्रको अर्कषका रुपमा लिन सकिन्छ ।


झ) माउन्टेन साइकीलिङ : कर्णालि प्रदेश अन्तर्गत सल्यायन जिल्लाको कपुरकोट देखि रोल्पा त्रिवेणी गाउँपालिको निगालपानी द्वारपानी हुदै दहवन होलेरी सैबाङ मैचन्ने हुदै स्वर्गद्वारी सम्म माउन्टे साइकीलिकङ संचालन गर्न सकिन्छ । यसैगरी दहवन होलेरी दाङ्गछेडी नयाँगाउँ सम्म साइकिलिङ गर्न सकिन्छ । हिमाल, जंगल, सनसेट र सनराइजको मजा लिदै माउन्टेन साइकिलिङको मजा लिन सकिन्छ ।


ञ) रक कलाईमिङ र रक हिल : यस गाउँपालिका अन्तर्गत वडा नं. ९ र ७ को मध्यभागमा रहेको खस्रे पहरा मा रक कलाइमिङ र रक हिलको अवधारण अगाडी लिएको छ ।


ट) कृषि उत्पादन र पकेट क्षेत्र : यस क्षेत्रमा अदुवा, लसुन, टमाटर, प्याज, आलु, गोपी, काउली, सिमि लागाएतका तरकारी तथा बाख्रा पालनको अत्यन्त धेरै सम्भावना रहेको छ । साथै यस क्षेत्रमा सुन्तला, उँखु, स्थानीय प्रजातिको बदाम , कागती लागाएतका फलफुलहरुको उत्पादन उल्लेखनीय हुने गर्छ । यसलाई पकेट क्षेत्रको रुपमा विकास गर्न विभिन्न कार्यक्रमहरु संचालन गरिएकाछन् ।


ठ) होलेरी बजार क्षेत्र : होलेरी बजार क्षेत्र यस क्षेत्रको मुख्य अर्कषणको केन्द्र हो । यस क्षेत्रमा आरामदायी होटल, कटेज तथा रेस्टुरेन्ट स्थापनाका लागि उपयक्त स्थान मानीएको छ । करीव २२ मिटरको उचाइमा रहेको यस बजार क्षेबाट स्वर्गद्वारी पुग्न सकिने, बहु प्रतिक्षित सहिद मार्ग यहि बजार भएर सुरु हुने । प्राकृतिक हिसावले जंगलको विचमा रहेको गुँरास फुल्ने याममा सुन्दर देखिनु होलेरी बजार क्षेत्रका शुन्दरता हो ।

Facebook Comments