• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि रझेनामा शैक्षिक बहसः विद्यालयलाई मामाघर, शिक्षकलाई मामामाइजु जस्तो बनाऔं





मावि रझेनामा शैक्षिक गुणस्तर सुधारका लागि अन्तरसंवाद गरिएको छ । कार्यक्रममा प्रमुख वक्ताहरुले यस्तो धारणा राखे–
अर्जुनकुमार श्रेष्ठ, प्रदेशसभा सदस्यः
–विद्यालयमा राजनीतिकरण बन्द गरिनुपर्छ ।
–अनुशासन कायम राख्नुपर्छ ।
–राम्रा शिक्षकलाई पुरस्कृत गर्नुपर्छ ।
–विद्यालयले निकै राम्रो प्रगति गरिरहेको छ, यो क्षेत्रको जनप्रतिनिधि र पूर्वविद्यार्थीको हैसियतमा म खुशी छु ।


जीवन गौतम, विव्यस अध्यक्ष, मावि रझेनाः

–सुझाव समेटेर कार्ययोजना बनाउने छौं ।
–सबै विद्यालयमा यस्तै बहस सिर्जना गरेर शैक्षिक सुधारको माहोल बनाउन चाहन्छौं ।
–विद्यालयको छबि परिवर्तन भएको छ, अब शैक्षिक गुणस्तरमा ध्यान दिन्छौं ।

निर्मल आचार्य, नेकपा केन्द्रीय सदस्य एवं गोरक्षरत्न मावि चौघेराका विव्यस अध्यक्षः
–दाङमा फेरि शैक्षिक जागरण शुरु भइरहेको छ, यसको नेतृत्व जीवन गौतमले गरिरहनुभएको छ ।
–सहमतिबाट योग्य व्यक्ति छानेर अघि बढाउँदा राम्रो हुने रहेछ भन्ने यो विद्यालयले देखाएको छ ।
–वातावरण मुख्य कुरा हो, विद्यार्थीको मुख्य काम नै सिक्ने भएकाले विद्यालय र अभिभावकले सिकाइको वातवारण बनाउनुपर्छ ।
–शिक्षक मनोवैज्ञानिक डाक्टर हो, हरेक बालबालिकाको मनोविज्ञान बुझेर मात्रै पढाउनुपर्छ ।
–सरकारको लगानी बाल शिक्षामा बढाउनुपर्छ, विद्यालयले पनि बाल शिक्षाको कोष बनाएर त्यसबाट शैक्षिक सामग्रीमा लगानी गर्नुपर्छ ।
–अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक संयोजनबाट शिक्षा सुधार्न सकिन्छ ।

हेमराज शर्मा ‘डायमण्ड’, नेकपा केन्द्रीय सदस्य एवं सहिदस्मृति आमाविका अध्यक्षः
–गुणस्तरीय र रोजगारमूलक शिक्षामा जोड दिऔं ।
–सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउनेतिर बहस चलिरहेको छ, यसका लागि राम्रो संस्थागत विद्यालयसँग तुलना गरेर प्रतिष्पर्धामा लैजाऔं ।
–विद्यालयमा बनाउनेभन्दा राजनीतिक प्रभाव जमान विव्यस कब्जा गर्ने स्थितिको अन्त्य गरौं ।
–शिक्षक र विद्यार्थी दुबैको इच्छाशक्ति जगाऔं ।
–चार चार महिनामा कक्षागत अभिभावक भेला गरौं ।
–शिक्षकलाई उत्प्रेरित गरौं, प्रयोगात्मक कक्षा बढाऔं ।
–डरत्रासको वातारण बन्द गरौं ।

अरुणकुमार शर्मा, शिक्षाक्षेत्रका जानकारः
–दक्ष जनशक्तिमा ध्यान दिऔं ।
–नवप्रर्वनमा जोड गरौं ।
–देशको हावापानी मिल्ने पाठ्यक्रम र पाठ्यवस्तुमा पठनपाठन गरौं ।
–शिक्षालाई उत्पादनसँग जोडौं ।
–मध्यमस्तरको जनशक्ति उत्पादनमा ध्यान दिऔं ।
–किताबबाट सूचना लिने हो, प्रकृतिबाट शिक्षा लिने गरी सिकाऔं ।
–मावि रझेनाले तीन बर्षमा छलाङ मारेको छ, यो अझ कायम रहोस् ।
–दीर्घकालीन र अल्पकालीन योजना बनाऔं ।

बामदेव योगी, शिक्षा क्षेत्रका अनुसन्धानकर्ताः
–शिक्षा सीपमूलक बनाऔं ।
–धान खुवाउने होइन, भात खुवाएजस्तै किताब पढाउने होइन, बिषयवस्तु पढाऔं ।
–प्रयोगात्मक बिधिमा ध्यान दिऔं ।
–अंग्रेजीजस्तै नेपाली अक्षर लेखनको पनि सूत्र छ, यसलाई लागु गरौं ।
–लेसन प्लान मात्र होइन, लर्निङप्लानमा जोड दिऔं ।
–पढाइ, लेखाइ, काम गराइलाई सँगसँगै लैजाऔं ।

विकास गौतम, सामुदायिक र संस्थागत विद्यालयका अनुभवीः
–संस्थागत विद्यालयमा शिक्षकले विद्यार्थी चिन्छन् तर सामुदायिक विद्यालयमा शिक्षकले विद्यार्थी चिनेन ।
–हरेक विद्यार्थीलाई चिनेर उसभित्रको प्रतिभा प्रष्फूटन गराऔं ।

निर्मल देवकोटाः शिक्षा क्षेत्रका जानकारः
–सामुदायिक विद्यालयमा मूल्यांकनको परिपाटी कमजोर छ, जतिसक्दो धेरै मूल्यांकन गरौं ।

हरिप्रसाद शर्मा, पूर्वप्रअः
–संस्थागत विद्यालयमा प्रयोगात्मक कम भयो ।
–यो विद्यालयमा भौतिक पूर्वाधार ८५ प्रतिशत जति भयो अब शैक्षिक गुणस्तरमा ध्यान दिऔं ।
–पढाइ धेरै भयो, अब सिकाइमा ध्यान दिऔं ।

विकिरण गौतम, बालमैत्री शिक्षाका प्रशिक्षकः
–आधार राम्रो भए मात्रै माथि राम्रो हुन्छ, आधार सुधारौं ।
–विद्यालय मामाघरजस्तो, शिक्षक मामामाइजुजस्तो हुनुपर्छ ।
–विद्यालय बन्द भएको दिन होइन खुलेको दिन विद्यार्थी खुशी हुने वातावरण बनाऔं ।
–क्रियाकलापमा जोड गरौं ।


चन्द्रराज पन्त, नागरिक समाज दाङका संयोजकः

–विगत केही बर्षदेखि शैक्षिक अवस्था राम्रो देखिएको छ, यसलाई कायम राखौं ।

नरेन्द्र केसी, पत्रकार एवं अभिभावकः
–हामीले शुरुमा अध्यक्ष जीवन गौतमको विश्वासका आधारमा बालबालिका भर्ना गरेका हौं, भोलि उहाँ भए पनि नभए पनि अहिलेको स्तर कायम रहनुपर्छ भन्ने विश्वास चाहिन्छ ।
–अभिभावक परिचालनको नीति बनाऔं ।
–विषयगत मूल्यांकन र शिक्षकको मूल्यांकनको बिधि बनाऔं ।
–प्राबिधिक धारमा लर्निङ र अर्निङ सँगै बढाऔं ।
–घोराही क्षेत्रका विद्यालयमा कसले के पढाउने, स्पष्ट पहिचान दिने गरी अघि बढौं ।

सन्तोष पोख्रेल, विद्यार्थी नेताः
–सामुदायिक विद्यालयमा शुल्क नलिएर पढाउने वातवारण बनाऔं ।
–प्राबिधिक कक्षामा निजीको भन्दा सस्तो शुल्क राखौं र सबैमा समान शुल्कको ब्यवस्था गरौं ।

Facebook Comments