• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि रझेनामा प्रदेशकै पहिलो ‘मन्टेश्वरी इण्डोर’ खेल मैदान





माध्यामिक विद्यालय रझेनामा प्रारम्भिक बालविकास कक्षातर्फका बालबालिकाका लागि ‘मन्टेश्वरी इण्डोर’ खेल मैदान निर्माण गरिएको छ ।


विद्यालयले यस्तो ‘मन्टेश्वरी इण्डोर’ खेल मैदान निर्माण गरिएको प्रदेशभरिकै सामुदायिक विद्यालयमा यो पहिलो भएको दाबी गरेको छ । विद्यालयमा गत दुइ बर्षदेखि मन्टेश्वरी कक्षा सञ्चालन हुँदै आएको छ । अहिले मन्टेश्वरीतर्फ साढे दुइ सय विद्यार्थीले पढिरहेका छन् ।


खेल मैदानको शनिवार उद्घाटन गरिएको छ । प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठले रिवन काटेर खेल मैदान उद्घाटन गर्नुभएको हो । सो अवसरमा विद्यालयले शैक्षिण गुणस्तरका लागि अन्तरसंवाद कार्यक्रम पनि गरेको थियो ।

कार्यक्रममा शिक्षासम्बद्ध सरोकारवालाहरुले शैक्षिक सुधारका लागि जग बलियो बनाउनुपर्ने भन्दै बालविकास तहबाटै परिवर्तनको शुरुवात गर्नुपर्ने बताए । त्यसका लागि सरकारले बालशिक्षामा लगानी बढाउनुपर्ने र विद्यालयहरुले छुट्टै कोष बनाएर बाल शिक्षा प्रभावकारी बनाउनुपर्ने सुझाव सहभागीहरुले दिए ।


विद्यालयका अध्यक्ष जीवन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं गोरक्षरत्न मावि चौघेराका अध्यक्ष निर्मल आचार्य, नेकपाका केन्द्रीय सदस्य एवं सहिदस्मति आवासीय मावि बनकट्टाका अध्यक्ष हेमराजा शर्मा ‘डायमण्ड’, शिक्षाक्षेत्रका अनुभवी तथा जानकारहरु अरुणकुमार शर्मा, बामदेव योगी, निर्मल देवकोटा, हरिप्रसाद गौतम, विकास गौतम, विकिरण गौतम, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, अभिभावक एवं पत्रकार नरेन्द्र केसी, विद्यार्थी नेता सन्तोष पोख्रेल र विद्यार्थी सन्तोष आचार्यले बोल्नुभएको थियो ।

कार्यक्रम सञ्चालन प्रअ उद्धव न्यौपानेले गर्नुभएको थियो ।

Facebook Comments