• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिममा ५० कांग्रेस कार्यकर्ता नेकपामा प्रवेश





रुकुम (पश्चिम)को आठविसकोट नगरपालिका वडा नम्बर ९ का ५० जना प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गरेका छन ।


वडा नम्बर ९ मा नेकपाले आयोजना गरेको जनता भेटघाट कार्यक्रममा सोही वडाको ठचचौर, भँङगीरीत लगाएतका बस्तीका पचास जना नेपाली काँग्रेसका कार्यकर्ता पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन ।


सनिबार साविकको आठविसकोटको गाविस ६ नम्वर वडा ठचचौरमा आयोजना गरिएको कार्यक्रममा उनिहरुले पार्टी प्रवेश गरेको नेकपाका जिल्ला कमिटि सदस्य तथा ९ नम्वर वडा इन्चार्ज मनिराज बटालाले जानकारी दिनु भयो ।


पार्टी प्रवेश गर्नेहरुमा, स्थानिय भिम बहादुर विष्ट, रविन्द्र वटाला, मनोज विष्ट, विनोद बटाला, गोपाल बटाला, तारक विष्ट, कमला विष्ट, रती विष्ट, मनिषा विष्ट, हरीमान विष्ट, मन कुमारी विष्ट, दलकुमारी विष्ट काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नुभएको हो ।


यस्तै भरे बटाला, अनुमल बटाला, लालकुमारी वटाला, सुनिता विक, निर्मला विक, मनविर विक, देउदत्त विष्ट, हरी विक लगातका पचास जना नेपाली काँग्रेसका कार्यकर्ता नेकपामा प्रवेश गरेका नेकपा ९ नम्बर वडा इन्चार्ज बटालाले बताउनु भयो ।


पार्टीमा प्रवेश गर्नेहरुलाई नेकपाका प्रदेश कमिटि सदस्य तथा नगर प्रमुख गार्खबहादुर केसी (सन्देश)ले, जिल्ला कमिटि सदस्य रवी केसी लगाएतले स्वागत गर्नुभएको थियो ।।

Facebook Comments