• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यस्तो हो नि सहयोगी मनः जंगलमै पुगेर पीडित भेडा किसानको उपचार





रुकुम पूर्वको भूमे गाउँपालिका १ लुकुमबाट दाङमा भेडा चराउन आएका भेडा पालक किसानलाई खाद्यान्न र त्रिपाल सहयोग गरिएको छ । घोराहीका युवा नरेन्द्र पुनको सकृयतामा घोराही १९ पाँचपोखरीमा बस्दै आएका चार जना भेडा पालक किसानलाई नगद सहित विभिन्न खाद्यान्न र अन्य सामाग्रिहरु सहयोग गरिएको हो ।


भेडा लिएका आएका रामकृष्ण पुन, पिलम पुन, प्रेमकुमारी पुन र प्रेम बुढालाई २ थान त्रिपाल, चामल, दाल, नुन, तेल, बेसार, मसला, साबुन, बाल्टिन, जग, बाँटा, बिस्कुट, चिउरा, चिनी सहयोग गरिएको हो ।


पुस अन्तीम साता रोल्पाबाट सैघा ल्याईएका भेडाहरु मध्य अहिले सम्म झण्डै साढे २ सय मरेका छन् । जंगलमा भेडा सँगै बसेका उनिहरुको स्वास्थ्य समेत जाँच गरिएको छ ।


डा. बसन्त पुनले भेडा पालक किसानहरुको स्वास्थ्य जाँच गर्दै चिसोबाट बच्न सुझाब समेत दिनुभयो । उनिहरुलाई नरेन्द्र पुन, लक्ष्मण गुरुङ, आदित्य भट्टराई, मुकेश डिसी, भ्यूकुमार पुन, दिपेन्द्र न्यौपाने, सकिल अहमद, डा. बसन्त पुन र नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाले सहयोग सामाग्रीहरु जुटाएका हुन् ।


साथै अमेरिकामा बस्दै आउनुभएका लक्ष्मण गुरुङले भेडा पालक किसानहरुलाई नगद पाँच हजार रुपैयाँ उपलब्ध गराउनुभएको छ ।

Facebook Comments