• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भेडा बचाउन उच्च तदारुकताः पशुस्वास्थ्य कर्मी र जनप्रतिनिधि निरन्तर फिल्डमा (फोटो फिचर)




रुकुम पूर्बबाट दाङमा चराउन ल्याइएका भेडामा महामारी देखिएपछि पशु चिकित्सकहरु निरन्तर उपचारमा जुटेका छन् ।

घोराही उपमहानगरपािलका र भेटेनरी अस्पतालले शुरु गरेको उपचारमा थप क्षेत्रीय क्षेत्रिय पशु रोग अन्बेषण प्रयोगशाला सुर्खेतका चिकित्सक पनि जोडिएका छन् ।


तेस्रो चरणमा मंगलबार क्षेत्रिय पशु रोग अन्बेषण प्रयोग शाला सुर्खेतबाट आएको चिकित्सक डा. लक्ष्मीनारायण दास सहितको ४ जना प्राबिधिक, भेटेनिनरी अस्पतालका पशु चिकित्सक शशिधर शर्मा, घोराही पशु सेवा शाखा प्रमुख जीवराज पौडेल, प्राविधिक महेन्द्र चौधरी सहित वडा सदस्य जंग रोकाको टोली भेडाबाख्राको उपचार गरेको छ ।

घोराही उपहानगरपालिका १९ का सदस्य जंग रोकाको नेतृत्वमा स्थानीय पनि निरन्तर खटिएका छन् ।

साथै पशु स्वास्थ्यकर्मीहरुले तेस्रो चरणमा भेडाको नमूना संकलन गरेर लगेका छन् ।

पहिलो चरणको परीक्षणबाट पिपिआर देखिएको छ भने दोस्रो चरणको परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

Facebook Comments