• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिभिल बैकद्वारा उपचारबाफत शिक्षक पौडेललाई ७३ हजार बढी सहयोग




सिभिल बैक घोराहीले सरकारी तथा निजि सघ, सस्थाका कर्मचारी र शिक्षकहरुले पाउने तलब बैंकमा खाता खोलेर जम्मा गरेमा उपचारबाफतको रकम दिन सुरु गरेको छ ।

यसैक्रममा बैंकले माबी हापुर निघुवारका एक जना शिक्षकलाई उपचारबाफतको रकम प्रदान गरेको छ । बैंकले बिद्यालयमा एक कार्यक्रम गरेर शिक्षक गिरिराज पौडेललाई उपचारबाफतको ७३ हजार ४ सय ४० रुपैयाको चेक हस्तान्तरण गरेको हो ।


बिद्यालयका प्रधानाध्यापक अर्जुन कुमार न्यौपानेको उपस्थितिमा घोराहीका बैक शाखा प्रबन्धक बिनय न्यौपाने, अप्रेसन इञ्चार्ज शशि केसि र कर्जा प्रबन्धक महेश दाहालले सयुक्तरुपमा उहालाई सो रकमको चेक प्रदान गर्नु भएको थियो ।

पौडेलसहित सोहि बिद्यालयका २९ जना शिक्षक,कर्मचारीले सिभिल बैकमा सिभिल सम्मान बचत खाता खोलेर तलब बुझ्दै आएका थिए ।

सो बचत खातामा खाता खोलेर कुनै पनि सघ/सस्थाका कर्मचारीले तलब जम्मा गरेमा बैंकले उक्त कर्मचारीको एक बर्षको औषधि उपचारको खर्च बाफत १ लाख रुपैया सम्म दिने गरि बैकले सिभिल सम्मान बचत खाता सन्चालनमा ल्याएको शाखा प्रबन्धक न्यौपानेले जानकारी दिनु भयो ।

Facebook Comments