• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गृहजिल्ला नुवाकोटमा बोगटीको शालिक निर्माण, प्रचण्डबाट अनावरण गरिदै




गृह जिल्ला नुवकोटमा कम्युनिष्ट नेता पोष्टबहादुर बोगटी ‘दिवाक’को शालिक निर्माण गरिएको छ ।

चण्डेश्वरी माविमा निर्माण गरिएको शालिकको अनावरण नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पदाहाल ‘प्रचण्ड’ माघ २७ गते गर्ने कार्यक्रम तय भएको छ ।

अध्यक्ष प्रचण्डसँगै उर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीम वर्षमान पुन पनि नुवाकोट जाने चण्डेश्वरी माध्यामिक विद्यालयका प्रध्यानध्यापक हरिप्रसाद रिमालले जानकारी दिनुभयो ।

बिभिन्न संघ संस्था, बिदुर नगरपालीका, वडा कार्यलय , स्थानिय युवा क्लबहरु लगाएतको आर्थिक सहयोगमा २ महिनामा नै सो शालिक निर्माण भएको निर्माण कमिटीकी अध्यक्ष कल्पना रिमालले जानकारी दिनुभयो ।

बोगटी, जो विद्यालयलाई जमीन दिएर भूमिगत भएका थिए

नुवाकोटको तुप्चेका स्थायी बासिन्दा बोगटी आफ्नो घरजग्गा चण्डेश्वरी माध्यमिक विद्यालयलाई चन्दा दिएर २०५२ सालमा जनयुद्ध थालनीसंगै सपरिवार भूमिगत हुनु भएको थियो।

बोगटीको जन्म नुवाकोटको साविक तुप्चे गाविसको अक्करेमा २०१० साल साउन ३ गते भएको थियो । २०३४ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय बोगटी माओवादीले सशस्त्र संर्घष थाल्नुभन्दा पूर्व नै भुमिगत राजनीतिमा थिए । बोगटी एकीकृत नेकपा माओवादीका संस्थापक मध्ये एक हुन् । माओवादीले सशस्त्र संर्घष थाल्नुपूर्व भएको गोरखाको सिरानचोकमा गरिएको फौजी तालिममा सहभागी केही नेता मध्ये उनी एक थिए ।

माओवादीको संशस्त्र संर्घषताका बोगटीले माओवादीको पश्चिम क्षेत्रको कमाण्ड सम्हाले । बोगटीले नेतृत्व गरेको पश्चिम कमाण्डमा माओवादी संर्घष चांडै विस्तार भएको थियो । सरल र सालीन स्वभावका बोगटी सबैसंग मिल्न सक्ने नेता थिए । विचारमा दृढ र व्यवहारमा सहज बोगटीलाई गैरमाओवादीहरु पनि मिलनसार नेताका रूपमा बुझ्ने गर्दछन् ।

बोगटी एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अत्यन्त निकट बोगटीले माओवादी अन्तरसंर्घषमा बोगटीले सधैं अध्यक्ष प्रचण्डलाई साथ दिए । पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर ३ बाट निर्वाचित बोगटी दोश्रो निर्वाचनमा भने पराजित भए । पहिलो संविधानसभामा माओवादीको प्रमुख सचेतक रहेका बोगटीले सूचना तथा संचार, पर्यटन नागरिक तथा उड्ड्यन तथा ऊर्जामन्त्रीसमेतको जिम्मेवारी सम्हाले ।

पर्यटन मन्त्री छंदा बोगटीले नेपाल वायुसेवा निगममको स्तरोन्नतीकरणका लागि महत्वपूर्ण निर्णय गरेका थिए । त्यस्तै उर्जामन्त्री हुंदा ऊर्जामा चिनिया लगानी भित्र्याउन उनको विशेष पहल रह्यो । जलविद्युत क्षेत्रको विकासका लागि नीतिगत सुधारमा बोगटीले निर्वाह गरेको भूमिका ऊर्जा क्षेत्रमा सम्झिने गरिन्छ ।

एकीकृत माओवादीको हेटौंडामा भएको सातौ महाधिवेशनमा महासचिवमा निर्वाचित बोगटीलाई विराटनगरमा भएको पार्टीको राष्ट्रिय सम्मेलनपछि गठित केन्द्रीय समितिले उपाध्यक्षमा निर्वाचित गरेको थियो । बोगटीका एकमात्र छोरा रबिको माओवादी सशस्त्र संर्घषताका सुरक्षाकर्मीको आक्रमणमा निधन भएको थियो ।

बोगटीको ६२ वर्षको उमेरमा २०७१ भदौ ३० गते बिहान उपचारका क्रममा निधन भएको हो ।

Facebook Comments