• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बदलिंदो परिवेशमा स्ववियूको भूमिका




यातायात ,स्वास्थ ,शिक्षा ,खानेपानी सस्कार,र अधिकार लगाएतका विभिन्न कुराहरू राजनीतिसङ्ग जोडिएका हुन्छन्।तसर्थ देशको राजनीति बारेमा सम्पुर्ण समाजिक विद्यार्थीले ज्ञान् राख्नु आवश्यकता हुने गर्दछ। तेस्तै गरेर अहिलेको अबस्थामा आवश्यकतामा परेको छ विद्यार्थी अधिकारको मुल समस्याको जरो स्वबियु निर्वाचन ।

जस माध्यम बाट विद्यार्थीको राजनीतिक जीवन यात्रा सुरुवात हुनेगर्दछ । अधिकार र राजनीतिक बेवास्तामा रहेको स्वबियुको आवश्यकता हाम्रो परिवर्तनशिल शैक्षिक प्रणालीमा गासिएको छ र राजनीतिक परिवर्तन पुस्ता हस्तान्तरणमा जोडिएको छ। किनभने स्वबियु भनेको शब्दार्थ नभएर समग्र अधिकार बिहिन विद्यार्थी अधिकार को आवाजको लडाइ बन्न पुगेको छ। बिगत लामो समय देखि देशको शिक्षाक्षेत्रमा दिनप्रतिदिन बिकृती बिसङ्गतीले ग्रस्त बन्दै गइरहेको छ ।

समाजमा देखापरेको र शिक्षाक्षेत्रका तमामखालका बिकृती बिसङ्गगतीहरुको अन्त्य गर्दै बिश्वबिध्यालय,अन्य बेवास्ताका शैक्षिक शिक्षालयमा स्वच्छ र बौद्धिक वातावरण निर्माण गर्नाका लागि सरोकारवाला पक्षलाई दबाब सिर्जना गर्नाको लागि स्वबियुले महत्त्वपूर्ण भुमिका खेल्ने गर्दछ।स्नातक तहमा हरेक २/२बर्षको अन्तरालमा स्वबियु निर्वाचन हुने गर्दथ्यो।

चाहे राजतन्त्रमा होस चाहे पन्चायतकालमा होस भन्दा त २०६२/०६३भन्दा पहिले स्वबियु निर्वाचनको रौनक छुट्टै हुनेगर्दथ्यो । तर बिडम्बना पछिल्लो समयमा संक्रमणकाल र विद्यार्थी सङ्गठनको राजनीतिक अस्थिरताले गर्दा स्वबियु निर्वाचन हुनसकेना। बि.सं २०७२सालमा नेपालभरी का क्याम्पसहरुमा स्वबियु बनाउने भनिएता पनि केही क्याम्पसहरुमा चुनाव भयो तर बिध्यमान अस्थिरता विद्यार्थी अधिकारको समस्याका जरा रोपियका क्याम्पसहरुमा भने चुनाव हुना सकेको थियना ।

एस्तै गतिरोध अन्त्यकानिम्ति फेरि पनि एक पटक विद्यार्थीका लागि अधिकारको लडाइ लढ्ने अबसर र चुनौती खडा भएको छ ।यस अबस्थामा सुनौलो अबसर लाई विद्यार्थीहरुले गुमाउनु हुदैन। किनकि स्वबियु बाट विद्यार्थीहरुले धेरै कुरा जोकि समाज परिवर्तनको लागि रचनात्मक गतिविधि गर्ना सक्ने भुमिका सिक्ने र क्षमता अबिबृद्दी हुने गर्दछ ।

आफ्ना समस्यालाइ पनि समाधान गर्ने र समाज रूपान्तरणको बाटो खोज्ने माध्यम विद्यार्थीहरुलाइ मिल्ना जाने गर्दछ।तसर्थ हाम्रो जीवन सङ्ग जोडिएको संभावित हरेक बिचार र परिवर्तन का संकेतहरु स्वबियु निर्वाचन सङ्ग जोडिएका हुन्छन। हामी कुनै सुर्यलाइ छोप्ने अथवा तारा खसाल्ने कुरा गर्ने पक्षमा हुनुहुदैन । हामी अब केवल आफ्नो स्वाबिमान र अधिकारका लागि सुर्य झै खरा तथा तारा झै चम्किला हुनै पर्ने प्रतिज्ञा गर्नै पर्छ ।

जस्ले गर्दा शिक्षाक्षेत्रमा ठगी तथा शिक्षालाई लुटतन्त्रमा परिनत गरि आफ्नो पेवा ठानेर हाम्रो इमान र पसिनामा धज्जी उडाइरहेका छन । तेस्ता लुटेराहरुलाई खरानी पारेर छोड्नै पार्ने देखिन्छ। हो एस्ता शैक्षिक दलालहरुका निम्ति स्वबियुमा जानुपर्छ भन्ने हामी विद्यार्थी सङ्गठनहरुमा चुनौतीपुर्ण कार्यपनी हो ।देशभरकै बिश्वबिध्यालयहरुले स्वबियु मिति घँषणा गर्ना लागि परेकाछन र चुनाव फागुन १४ भित्र बनाउने भन्ने कुरामा सम्पुर्ण विद्यार्थी एक ठाउँमा उभिना जरुरी छ। स्वबियु चुनाब हुन्छ ।

स्वबियु चुनाब भय सम्पुर्ण लुटतन्त्र र अराजक गतिविधिगर्ने क्याम्पसहरुले केही नयाँ परिवर्तनको ज्ञान् लिन्छन ।त्यस पच्सात शैक्षिक दलाल लुटतन्त्रे अराजकताका ठगी शैक्षिक गतिविधि गर्नेहरुलाइ एउटा शैक्षिक मुद्दा बोक्ने निर्वाचित कमिटीले पाखा लगाउन अगाडी बढ्ने छ र अहिले सम्मको विद्यार्थी अधिकारको रक्षा गर्ने छ ।चुनाव पछिपनि निर्वाचित स्वबियुका प्रतिनिधि पात्रहरु देशका मेरुदण्डको रुपमा स्थापित हुन सक्छन र नेता बन्न सक्छन । नेतृत्व गुनको बिकास गर्ना सक्छन ।

यसरिनै स्वबियु विद्यार्थीका अबसर बोकेको सङ्गठन र राजनीतिक मेरुदण्ड भएकाले हरेक विद्यार्थीहरु स्वबियु पर्ती सकारात्मक हुन जरुरी छ र स्वबियुको चुनाव गराएर आफ्ना ठाउका क्याम्पसहरुमा भयका विभिन्न समस्याहरुको समाधान गर्नाको आ-आफ्नो क्षेत्रबाट लाग्ना जरुरी छ र स्वबियु चुनाव बनाउन सम्पुर्ण विद्यार्थी अधिकारको रक्षार्थ लढाइ लढ्ने विद्यार्थी सङ्गठनहरुलाइ आउदै गरेको स्वबियु निर्वाचन २०७६ लाई कर्तव्य ठानेर सब्बै ठाउँ बाट हातेमालो गरेर निर्वाचन बनाउन लागिपर्ना पनि अनुरोध गर्दछु।अन्तत विद्यार्थी अधिकारको रक्षा ,शैक्षिक दलाल,र शैक्षिक लुटतन्त्रको अन्त्य गर्ना स्वबियु निर्वाचन अहिलेको मुख्य विद्यार्थी एजेन्डा र आवश्यकता हो।

(लेखक अनेरास्ववियू राप्ती इञ्जिनियरिङ क्याम्पसका इकाइ उपाध्यक्ष हुन्)

Facebook Comments