• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिक्षामा रोल्पाको छलाङ: खुल्यो पहिलो कृषि क्याम्पस, आए २५ जिल्लाका विद्यार्थी




रोल्पाको माडीचौरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसको उद्घाटन गरिएपछि अब शैक्षिक गतिविधि शुरु हुने भएको छ ।

सोमबार उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुनले क्याम्पसको उद्घाटन गर्नुभएको हो ।

कृषि तथा वन विश्वविद्यालय, चितवनबाट सम्बन्धन प्राप्त कलेजमा फागुन १४ देखि नियमित पठन पाठन हुनेछ । ऊर्जामन्त्री पुनले प्राकृतिक स्रोत व्यवस्थापन कलेजको स्थापनाले रोल्पाको शैक्षिकस्तरलाई माथि उठाउनुका साथै देशका लागि आवश्यक प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने बताउनुभयो । उहाँले कलेज स्थापनाका लागि रोल्पाका नेताहरुले धेरै मेहनत गरेको स्मरण गरे ।

सदरमुकाम लिबाङदेखि नौ किलोमिटर नजिक रहेको माडीचौरमा स्थापित कलेज सय रोपनी क्षेत्रफलमा फैलिएको छ । साविकको जंकोट गाविसको माडीचौरतर्फ ९० रोपनी र कोटगाउँ गाविसको माडीचौरतर्फ १० रोपनी जग्गा कलेजले चर्चिएको व्यवस्थापन समितिका अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।


२६ जेठ २०७४ मा मन्त्रीपरिषद्ले क्याम्पस सञ्चालन गर्ने प्रस्ताव पारित गरेसँगै प्रक्रिया अघि बढेको प्रदेशसभा सदस्य दीपेन्द्र पुनले बताउनुभयो ।

माडीचौरमा रहेको कृषि क्पाम्पसमा कृषितर्फ ४ वर्षे डिप्लोमा कोर्ष पढाई हुने क्याम्पस प्रमुख जयप्रसाद दत्तले बताउनुभयो । क्याम्पसका लागि रोल्पा नगरपालिकाका लागि २ जना विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था भए पनि १ जना मात्र सहभागी भएको क्याम्पस प्रमुख प्रा. जयप्रकाश दत्तको भनाई छ ।

कलेजले ५६ जनाको कोटामध्ये दुई जना रोल्पा जिल्लाका लागि मात्रै उपलब्ध गराएको छ । यो एक शैक्षिक सत्रमा ५४ जना विद्यार्थी भर्ना भएका छन । कलेजमा २५ जिल्लाबाट ५४ जना विद्यार्थी आएका हुन् ।

मन्त्री पुन र सांसद पुनले दिए जग्गा

सदरमुकाम लिबाङदेखि नौ किलोमिटर नजिक रहेको माडीचौरमा स्थापित कलेज सय रोपनी क्षेत्रफलमा फैलिएको छ । साविकको जंकोट गाविसको माडीचौरतर्फ ९० रोपनी र कोटगाउँ गाविसको माडीचौरतर्फ १० रोपनी जग्गा कलेजले चर्चिएको व्यवस्थापन समितिका अध्यक्ष घर्तीले जानकारी दिए । कलेज भवन भने साविकको कोटगाउँ गाविसको माडीचौरमा छ । अहिले दुवै माडीचौर रोल्पा नगरपालिकाको वडा नं. ७ मा पर्छन् ।

कलेज स्थापनाका लागि ऊर्जामन्त्री पुनले १० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । उनले केहीं वर्षअघि चार दाजुभाई र तीन दिदी–बहिनीबीच पैतृक सम्पत्ति अंशवण्डा गर्दा आफ्नो भागमा परेको साविकको जंकोट माडीचौरमा रहेको १० रोपनी जग्गा कलेजलाई निशुल्क दिएका हुन् ।

‘ऊर्जामन्त्री अनन्तज्यूले कलेजलाई १० रोपनी जग्गा निःशुल्क दिनुभएको छ । लिलबहादुर बुढा लगायतले पनि दिनुभएको छ,’ कलेज व्यवस्थापन समितिका अध्यक्ष घर्तीले भने, ‘अन्य केहीं स्थानीयले पनि निशुल्क जग्गा दान गर्ने प्रक्रिया अगाडि बढेको छ । कतिपयले अत्यन्त न्यूनतम मूल्यमा जग्गा दिनुभएको छ ।’

देशसभा सदस्य दिपेन्द्र पुन ‘सिजल’ले माडीचौरमा दुई रोपनी जग्गामा रहेको दुई तले पक्की घर जिल्ला समन्वय समितिलाई निशुल्क रुपमा प्रदान गरेका छन् । उनले सोमबार नै उक्त जग्गा र घर जिल्ला समन्वय समितिलाई हस्तान्तरण गरेका हुन् ।

उक्त भवनमा समेत प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालन हुनेछ । पुनले आफ्ना दिवंगत बुवा सर्वजित पुन र आमा सहनशीला पुनको स्मृतिमा घर र जग्गा हस्तान्तरण गरेका हुन् । उनले पर्यटन मन्त्रालयको सूचना केन्द्र हुने गरी यसअघि नै हस्तान्तरण गरिसकेका थिए । सोमबार औपचारिक रुपमा जिल्ला समन्वय समितिको मातहतमा हुने गरी हस्तान्तरण गरेका हुन् ।


Facebook Comments