नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुमका नेता, केन्द्रीय ज्येष्ठ नागरिक मञ्चका सदस्य तथा पूर्व जिल्ला सेक्रेटरी बालकृष्ण केसीको निधन भएको छ ।
लामो समयदेखि क्यान्सरबाट थलिनुभएका केसीको ६९ बर्षको उमेरमा निधन भएको हो ।
त्रिवेणी गाउँपालिका रुँघा निवासी केसी २०२४ सालदेखि संगिठत भइ २०४४ सालदेखि २०४८ सम्म तत्कालीन नेकपा मशाल रुकुमको जिल्ला सेक्रेटरी बन्नुभएको थियो । जनयुद्धको पूर्वसन्ध्यामा जिल्ला सञ्चालित ग्रामीण बर्ग संघर्ष चलाउन केसीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
स्थायी शिक्षकको जागीर छाडेर उहाँ राजनीतिमा होमिनुभएको थियो । जनयुद्धकालमा जनवादी विद्यालयमा प्रिन्सिपल तथा इञ्चार्जको पनि भूमिका उहाँले निर्वाह गर्नुभएको थियो ।
यसैबीच नेकपा रुकुपश्चिमले शोक वक्तत्वमार्फत श्रद्धाञ्जली अर्पण गरेको छ ।
जिल्ला अध्यक्ष गोपाल शर्मा ‘अनल’ले शोक वक्तव्य जारी गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।