• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यसपटक प्रवासका रचनाः बिमल रेग्मीका तीन सिर्जना




मुक्तक
गर्नै पर्दैन जय जय परिस्थितिले सिकाउछ
न जिस्काउ महासय परिस्थितिले सिकाउछ
म अज्ञान तपाईं विद्वान घमन्ड केका लागी
पढ्नु पर्दैन कतिपय परिस्थितिले सिकाउछ

मुक्तक
कतै जानु पर्दैन यत्रतत्र मुबाइलमा भैहाल्छ।
पठाउनु पर्दैन लेखेर पत्र मुबाईलमा भैहाल्छ।
मुहार हेर्नुस् चलचित्र हेर्नुस् चिन्ता केका लागी,
किन धाउने सहर सर्वत्र मुबाईलमा भै हाल्छ।।

[ गजल]

मेरो जिन्दगी एउटै परिभाषामा सकिन्छ।।
धेरै गरिब हुँ धनिहुने आशामा सकिन्छ।।

कमाइ गरी खेत किन्ने रहर कस्लाइ हुन्न होला,
उब्जनी हुन्न लगानी सबै पाखामा सकिन्छ।।

प्रवासी छोराको खुट्टा भाचिन्छ स्वदेश फर्किन्छ
तब छोराले पाल्ने आस बाआमा मा सकिन्छ।

लगाउनुस् आगो केहि छिन खुशि मिल्न सक्ला
जिन्दगी चुरोट हो सल्किएपछी धुवाँमा सकिन्छ

निसिखोला ४ बाग्लुङ, हाल: प्रवास

Facebook Comments