• २५ कार्तिक २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोडाबाट लडेर रुकुमपूर्वमा एकको मृत्यु




घोडाबाट लडेर एक युवकको मृत्यु भएको छ । भूमे गाउँपालिका–४ काँडाका २० वर्षीय नविन बिकको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।


बिक आइतबार अपराहण करिव ४ बजे तिर काँडाबाट घोडा चढेर सोही वडामा पर्ने साकीम तर्फ जाने क्रममा बिच बाटोमा घोडाबाट लडेर खुट्टा आड लिने रिकाब भन्नेमा बिकको खुट्टा अल्झी घोडाले जमीनमा लतारी रहेको अवस्थामा स्थानीयले देखेका थिए ।


घोडामै खुट्टा अल्झिएर जमिनमा लतार्दै गरेको अवस्थामा स्थानीयले घोडालाई नियन्त्रणमा लिएर बिकलाई उद्धार गरेका हुन् ।

‘उद्धार गर्दा नै बिकको मृत्यु भएको थियो’ वडाध्यक्ष चंखबहादुर बुढाले भन्नुभयो–‘त्यसपछि प्रहरीलाई जानकारी गरेकोमा सोमबार जिल्ला अस्पताल रुकुमपूर्वमा पोष्टमार्टम गरिएको हो । मृतक बिकको श्रीमती र ५ महिनाकी छोरी रहेको जनाइएको छ ।

Facebook Comments