• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुमका एक युवाको काठमाडौंमा करेन्ट लागेर निधन





गत पुस ५ गते फेसबुकमा उनले गाडीसहित उभिएको तस्विर पोष्ट गर्दै लेखेको थिए– रुकुम टू काठमाडौं । तर, यति रहरलाग्दो र कोमल उमेरका उनले फेरि ‘काठमाडौं टू रुकुम’ चाहि लेख्न पाएनन् ।

सामान्यतः उनको यो पढलेख गर्ने उमेर हो तर उनीजस्ता धेरै युवा किशोरावस्थामै पढाइ छाडेर यस्तै काममा लाग्न थालेका छन् ।

त्यही क्रममा काठमाडौं पुगेर एक भवन निर्माणमा काम थालेका रुकुमको मुसीकोट १० गलम्पाटी १९ बर्षीय युवा पारस बिष्टको भवन निर्माणकै क्रममा करेन्ट लागेर दुःखद निधन भएको छ ।

काम गर्ने क्रममा हाइटेन्सन लाइनबाट करेन्ट लागेपछि उनी अग्लो भवनबाट खसे र घाइते बिष्टको उपचारकै क्रममा निधन भएको छ । उनको १३ माघमा पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

यही घरले लियो पारसको ज्यान


केशरमहल काठमाण्डौमा रेट्रोफिटिङ कार्यमा रहेको बेला बिष्टलाई करेन्ट लागेको थियो । उपचारकै क्रममा निधन भएपछि १३ माघमा अन्त्येष्टि गरिएको हो ।


एउटै गाउँबाट लगातार तीन युवाको निधन

रुकुमपश्चिमको मुसीकोट नगरपालिका १० गलम्पाटीले बिगत दुइ बर्षयता तीन युवा गुमाएको छ ।

दुइ बर्षअघि बैदेशिक रोजगारीका क्रममा दुबै मृगौला फेल भएपछि विरामी भएर नेपाल फर्केका प्रवीण केसीको निधन भएको थियो भने कतारमा कामकै सिलसिलामा दुर्घटना भइ लामो समयसम्म कोमामा रहेका अर्का युवा ललित बुढाको पनि गत बर्ष निधन भएको थियो ।

हाल काठमाडौंमा मजदूरी गर्ने पारसको बिष्टको पनि कामकै सिलसिलामा निधन भएपछि यो गाउँले तीन होनहार युवा गुमाउनुपरेको छ ।

Facebook Comments