अनेरास्ववियूले माउन्ट भ्यू माविमा कक्षा ११ र १२ मा छुट्टाछुट्टै समिति गठन गरेको छ ।
कक्षा ११ मा गङ्गा रानाको अध्यक्षतामा ३९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा गीता भन्डारी र रबीना पौडेल, सचिवमा मन्जु पोख्रेल, सहसचिबहरुमा अन्जली पुन र लक्ष्मी राना र कोषाध्यक्षमा कृति कवर रहनुभएको छ ।
यसैगरी कक्षा १२ मा सन्तोष पौडेलको अध्यक्षतामा ३९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा सबिना अधिकारि र सनम श्रेष्ठ, सचिबमा चन्द्रप्रकाश नेपाली, सह सचिवमा आस्था पौडेल, सिमाना शर्मा र कोषाध्यक्षमा तारा बिक रहनु भएको छ ।
अनेरास्ववियूका केन्द्रिय सदस्य सन्तोश पोख्रेलको प्रमुख आतिथ्यता भएको कार्यक्रममा अनेरास्ववियू जिल्ला संयोजक जंग रोका, सहसंयोजक सर्जन परियार, अनेरास्ववियू दाङका नेता बिराज डिसी, गिरबहादुर महरा लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण गोबिन्द बस्नेतले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।