घोराही उपमहानगरपालिका वडा नम्बर २ को पलासेमा नेपाली कांग्रेस र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रबेश गरेका छन् ।
पार्टी छोडेर नेकपामा प्रबेश गर्नेहरुलाई नेकपाका केन्द्रिय सदस्य नरुलाल चौधरी र नगर सचिवालय सदस्य केशब आचार्यले टीका लगाएर पार्टी प्रबेश गराउनुभएको छ ।
पार्टी प्रबेश गर्नेहरुमा क्रान्तिकारी माओवादीका जिल्ला सदस्य कृष्णप्रसाद अधिकारी, नेपाली कांग्रेसका फुनु चौधरी, सिताराम चौधरी, रामचन्द्र चौधरी, धनिराम चौधरी, नमकुमारी चौधरी, गिता चौधरी, होमबहादुर चौधरी, सर्जुन चौधरी, चित्रबहादुर बिक रहनुभएको छ ।
त्यस्तै राधा बिक, नेपाली चौधरी, सुनिता चौधरी, बालचन्द्र चौधरी, सुनिल चौधरी, प्रकाश चौधरी, नापी चौधरी, टीकाराम चौधरी, आरजु चौधरी, हिरा घिमिरे र बाबुराम पोख्रेल सहित तीस जना नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रबेश गरेका हुन् ।
यसअघि पनि रामपुर क्षेत्रबाट एक सय ५० जना व्यक्तिहरुले विभिन्न पार्टी छोडेर नेकपामा प्रबेश गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।