• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस संगठन ५ नम्बर प्रदेशद्वारा बुटवल घोषणापत्र जारीः सबै संरचनामा प्रादेशिक प्रतिनिधित्वको माग




प्रेस संगठन नेपाल प्रदेश ५ को प्रथम भेलाबाट पारित बुटवल घोषणापत्र

२०७६ माघ १० र ११ गते बुटबलमा सम्पन्न प्रेस संगठन नेपाल प्रदेश नं. ५ को प्रथम भेला प्रदेश संयोजक सविन प्रियासनको अध्यक्षता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५ का इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यता र प्रेस संगठन नेपालका विभागीय इञ्चार्ज राजेन्द्र गौतम, नेकपा प्रदेश नं. ५ का सचिव जगप्रसाद शर्मा, केन्द्रिय प्रचार विभागका उपप्रमुख सूर्य थापा, प्रेस संगठन नेपालका केन्द्रीय संयोजक महेश्वर दाहाल, संह संयोजक गणेश बस्नेत, नेकपा प्रदेश नम्वर ५ को संगठनका फ्याक्सन इन्चार्ज मौसम रोका, प्रेस संगठन नेपालका नेता एवं अन्य विशिष्ट अतिथिको उपस्थितमा सम्पन्न यो भेला निम्न प्रस्ताव पारित गर्दै बुटवल घोषणापत्र जारी गर्दछ ।

१) आमूल परिवर्तनका लागि जीवन बलिदान गर्ने, पत्रकारिता क्षेत्रका महान शहिद कृष्णसेन इच्छुकलगायत सम्पूर्ण शहिहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवर्तनका लागि बलिदान, त्याग, तपस्या गर्ने वीरहरुप्रति यो भेला हार्दिक सम्मान व्यक्त गर्दछ ।

२) प्रेस संगठन नेपाल केन्द्रीय समितिको निर्देशन एवं मार्गनिर्देशन बमोजिम प्रदेश नं ५ मा निम्नानुसारका कमिटीहरु निर्माण गरिएको छ । जस अनुसार प्रदेश स्तरीय कमिटीमा सविन प्रियासन सयोजक र मानसिंह विक सहसंयोजक सहित ९९ सदस्यी, दाङ जिल्ला शाखा संयोजक प्रकाश चौधरी सहसंयोजक जेएन सागरसहित ३९ सदस्यीय, बर्दिया जिल्ला शाखा, संयोजक डिलप्रकाश गौतम सहसंयोजक भिम उचै ठकुरीसहित ३१ सदस्यीय,बाँके जिल्ला शाखा संयोजक ः डक्ट प्रसाद धिताल, सहसंयोजक हेमन्त विकसहित ३१ सदस्यीय, पूर्वी रुकुम संयोजक महेश केसी, सहसंयोजक सर्जना कार्की सहित २२ सदस्यी, रोल्पा शाखा संयोजक देबी गुरुङ, सहसंयोजक बिमलराज डाँगीसहित २८ सदस्य, जिल्ला शाखा प्युठान संयोजक नोमराज पौडेल, सहसंयोजक बिजयसिंह भारतीसहित ३५ सदस्य, जिल्ला शाखा पाल्पा संयोजक राजेन्द्र लिगल सहसंयोजक कृष्ण दर्नालसहित २५ सदस्य, जिल्ला शाखा कपिलबस्तु डिलाराम भुसाल, सहसंयोजक हरि अधिकारी सहित २३ सदस्यीय, जिल्ला शाखा रुपन्देही संयोजक अमृत गिरी, सहसंयोजक कमल रायमाझी सहित २५ सदस्यीय, जिल्ला शाखा अर्घाखाँची संयोजक हिम लेकाली, सहसंयोजक सविता आचार्यसहित २० सदस्यीय, जिल्ला शाखा गुल्मी संयोजक ज्ञानबहादुर महतरा सहसंयोजक तिलाचन पाण्डेसहित १६ सदस्यी, जिल्ला शाखा नवलपरासी संयोजक बेनी माधव बस्याल, सहसंयोजक मोहन पौडेलसहित १९ सदस्यीय रहेको जिल्ला शाखा गठनलाई यो भेला अनुमोदन गर्दछ ।

३) संघीय सरकारद्वारा संसदमा पेस भएको सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयकलाई सरोकारवाला निकाय सबैको छलफलबाट मिडिया तथा प्रेस मैत्री बनाउन यो भेला माग गर्दछ । संचारसंग सम्वन्धित संरचनामा प्रादेशिक प्रतिनिधित्व र प्रदेशस्तरका संरचना निर्माणलाई सुनिश्चित गर्न माग गर्दैै प्रदेश र स्थानीय तहमा सञ्चारसम्बन्धी कानून बनाउँदा सञ्चार क्षेत्रसँग समन्वय गर्न यो भेला जोडदार माग गर्दछ ।

४) न्यूनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरे बमोजिमको पारिश्रमिक सवै मिडियाहरुले हालसम्म पनि उपलब्ध नगराएको गुनासो पत्रकारहरुबाट आइरहेकाले तोकिएको पारिश्रमिक समयमै उपलब्ध गराउन सम्पूर्ण सञ्चार माध्यमलाई यो भेला अपिल तथा आग्रह गर्दछ ।

५) समाचार लेखेकै विषयलाई लिएर रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हेम कुमार थापाले भैरहवामा कार्यरत पत्रकार माधव न्यौपाने सहितका पत्रकारहरुलाई कार्यकक्षमै बोलाएर तथा टेलिफोन मार्फत मानसिक यातना दिने काम गरेको घटना प्रति खेद ब्यक्त गर्दै पत्रकारहरुको ब्यक्तिगत तथा पेशागत सुरक्षाको ग्यारेन्टी गर्न सरकार एवं सरोकारवाला पक्षसँग यो भेला जोडदार माग गर्दछ । साथै पत्रकारिता क्षेत्रबाट पनि मर्यादित पत्रकारिताका लागि यो भेला सबै पत्रकारहरुलाई आव्हान गर्दछ ।

६) प्रदेश तथा स्थानीय स्तरमा सञ्चालित सञ्चार माध्यमको विकास एवं प्रवद्र्धनका लागि प्रदेश सरकारद्वारा बजेटको व्यवस्थापन हुने गरी प्रदेशस्तरीय मिडिया विकास कोष स्थापनाको लागि यो भेला माग गर्दछ ।

७) पत्रकारको क्षमता अभिबृद्धि र यस सम्वन्धि अध्ययन अनुसन्धानका लागि प्रादेशिक आम सञ्चार प्रतिष्ठान गठन गर्न यो भेला माग गर्दछ ।

८) पत्रकार र सञ्चारमाध्यमलाई दिने प्रेस पास, लोकल्याणकारी विज्ञापनको भुक्तानी लगायतका सबै सेवा सुविधा जिल्लास्तरबाट प्रदान गर्ने काममा सक्रियता दिन माग यो भेला माग गर्दछ ।

९) प्रदेश र जिल्लास्तरका सरकारी सूचना सम्बन्धित क्षेत्रभित्रकै सञ्चारमाध्यमलाई समानुपातिक रुपमा उपलब्ध गराउन यो भेला माग गर्दछ । साथै समानुपातिक विज्ञापन प्रणाली लागु गर्ने कार्यका लागि विज्ञापन ब्यवस्था बोर्ड तत्काल गठन गर्न माग गर्दछ ।

१०) प्रदेश प्रेस रजिष्ट्रारको व्यवस्था गरी तत्काल गरी काम कार्यलाई अगाडि बढाउनको लागि यो भेला माग गर्दछ ।

११) नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि प्रदेश नं. ५ भित्र रहेका गन्तव्यहरुको पहिचान गरी विकास एवं प्रबद्र्धनका लागि सरोकारवाला निकायलाई ध्यानाकर्षणसहित भ्रमण वर्षलाई सफल बनाउन सम्पूर्ण प्रदेशभित्रका सञ्चार माध्यम तथा सञ्चार गृहहरुलाई अपिल गर्दै त्यसमा संगठनका तर्फबाट पनि साझेदारी एवं सहयोगीे भूमिका निर्वाह गर्ने यो भेला प्रण गर्दछ ।

१२) नेपालको सीमा अतिक्रमण, हस्तक्षेपकारी प्रवृतिको घोर भ्रत्सना गर्दै नेपाल र नेपालीको पक्षमा कलम चलाउँदै राष्ट्रियता, जनजीविका र जनतन्त्रको पक्षमा कलम चलाउन यो भेला प्रण गर्दछ ।

१३) समाजवादी विचार निर्माण र सम्प्रेषणको कामलाई प्रभावकारी बनाउन यो भेला प्रण गर्दछ । पार्टी र सरकारका काम कार्यमा सहयोगी भुमीका निर्वाह गर्न यो भेला प्रतिवद्धता व्यक्त गर्दछ ।

१४) प्रेस संगठन नेपाल प्रदेश ५ को भेलामा प्रमुख अतिथिका रुपमा आतिथ्यता ग्रहण गरी कार्यक्रमको गरिमा बढाई दिनुभएकोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५ का इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोख्रेल, प्रेस संगठन नेपालका केन्द्रीय विभागीय इन्चार्ज राजेन्द्र गौतम, प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहाल, नेकपा प्रचार विभाग उपप्रमुख सुर्य थापा, नेकपा प्रदेश नं. ५ का सचिव जगप्रसाद शर्मा ‘अपार’, संयोजक गणेश बस्नेत लगायत प्रेस संगठनका नेपालका सबै केनद्रीय नेताहरु, पार्टीका नेताहरु लगातयत सबै आतिथिहरुमा धन्यवाद व्यक्त गर्दछ ।

१५) प्रथम भेला सम्पन्न गर्नका लागि अहोरात्र मेहनत गर्ने आतिथ्य शाखा प्रेस संगठन नेपाल रुपन्देही, र यस जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरु, प्रतक्ष्य अप्रतक्ष्यरुपमा सहयोग गर्ने सबैलाई यो भेला हार्दिक धन्यवाद व्यक्त गर्दछ । धन्यवाद । २०७६ माघ ११ बुटवल

Facebook Comments