दुइ विद्यार्थी संगठनबीच एकता भएसँगै अनेरास्ववियू दाङले जिल्लामा विद्यार्थी जागरण तथा संगठन विस्तार अभियान शुरु गरेको छ ।
सोही क्रममा आइतवार राप्ती इञ्जिनियरिङ कलेज घोराहीमा २५ सदस्यीय मूल इकाइ गठन गरिएको छ । गोविन्द मल्लको अध्यक्षतामा गठित समितिमा उपाध्यक्षहरु सुभम गौतम, सन्देश रिजाल र सुरज बिक, सचिव बसन्त भण्डारी, सहसचिव लोकेन्द्र डाँगी र कोषाध्यक्ष सिर्जना पुन मगर रहनुभएको छ ।
विद्यार्थी डण्डवीर ओलीको अध्यक्षता र केन्द्रीय सदस्य सन्तोष पोख्रेलको प्रमुख आतिथ्यमा भएको भेलामा बिशिष्ठ अतिथि जिल्ला संयोजक जंग रोका र सहसंयोजक सर्जन परियार, नेताहरु विराट डिसी, प्रेस संगठनका जिल्ला सदस्य पाण्डव शर्मालगायतले बोल्नुभएको थियो ।
बसन्त भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सन्देश रिजालले गर्नुभएको थियो ।
मावि रझेनामा ३९ सदस्यीय मूल इकाइ
यसअघि अनेरास्वयूले मावि रझेनाबाट अभियानको उद्घाटन गरेको थियो । सो विद्यालयमा बसन्त भण्डारीको अध्यक्षतामा ३९ सदस्यीय मूल इकाइ गठन गरिएको छ ।
जसको वरिष्ठ उपाध्यक्ष झबेन्द्र परियार, उपाध्यक्ष बन्दना न्यौपाने, सचिव डिल्लीराज बस्नेत, सहसचिव इश्वरकुमार ओली, केसश राना र कोषाध्यक्ष अस्मिता चौधरी रहनुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।