रेडक्रस सोसाइटी शान्तिनगर उपशाखाको सभापतिमा बिमल केसी सर्बसम्मत चयन हुनुभएको छ ।
शान्तिनगरगाउपालिका जेस्ठ नागरिक मंचका अध्यक्ष पुरुषोत्तम रिजालको प्रमुख आथित्यमा सम्पन्न प्रथम साधारण सभाबाट नेपाल रेडक्रस सोसाइटी शान्तिनगर उपशाखाकोको सभापतिमा बिमल केसीलाइ सर्बसम्मत चयन हुनुभएको हो ।
जसको उपशभापतिमा लक्ष्मि भण्डारी सचिबमा तेज बहादुर बिक, कोषाध्यक्ष केशब योगी, उपसचिबमा खुमराज राणा र उपकोषाध्यक्षमा वालकृष्ण ओली चयन हुनुभएको छ ।
सदस्यमा हरि कुमार केसि , रेणु थापा , मेनका ठाडा, मिन बहादुर केसि र राम बहादुर केसि चयन हुनुभएको छ ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको सभापतिमा दोर्ण बहादुर ओली, चयन भएका छन् । शनिबार भएको उपशाखाको अधिबेसनले आगामी दुई बर्षको लागि ओलीको नेतृत्वमा एघार सदस्यीय समिती निर्विरोध चयन गरेको हो ।
जसको उपसभापतिमा देवा डांगी, सचिवमा ढुण्डीराज न्यौपाने, कोषाध्यक्षमा डिला शर्मा चापागाईं, उपसचिवमा खुम प्रसाद भण्डारी, उपकोषाध्यक्षमा तिलक केसी, महिला सदस्यमा खुमा बिक, सदस्यहरुमा ठाकुर बुढा, झबिलाल घिमिरे, जयराम चौधरी, लीलामणि न्यौपाने निर्बिरोध निर्बाचित हुनुभएको छ ।
पवननगर उपशाखा तदर्थ समिती सभापति दोर्ण बहादुर ओलीको सभापतित्व र राष्ट्रिय सभा सदस्य मा कोमल ओलीको प्रमुख आतिथ्यमा शनिबार शाखाको बार्षिक साधारण सभा र अधिबेशन सम्पन्न भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।