• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हिमपातका कारण डेढ सय क्विन्टल आलु गाउँमै थन्कियो




हिमपातका कारण सडक अवरुद्ध भएपछी रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १ मा उत्पादन भएको आलु बजार सम्म ढुवानी गर्न समस्या भएको छ ।


जिल्लाको बाँफिकोट गाउँपालिकाको नदुवा देखी आठविसकोट नगरपालिका स्यालाखदी सम्मको सडक खण्ड अन्तरर्गत झारमारे र खारामा बाख्लो हिमपातका कारण सडक अवरुद्ध भएपछी वडा नम्बर १ का विभिन्न ठाउबाट संकलन गरेको आलु वडा नम्बर २ स्याँलामा थन्कीएको हो ।


उक्त सडक अवरुद्ध भए पछी वडा नम्बर १ का थुम, चैतेखारा, वोग्ले, बारंगे, डाँडागाऊँ लगाएका विभिन्न ठाउँमा उत्पादन भएको आलु बजार सम्म पु¥याउन सास्ती भएको स्थानिय आलु व्यापारी भक्त बहादुर बुढाले बताउनुभयो ।


बजार सम्म विक्रि गर्नका लागी संकलन गरेको करिव १ सय ५० क्वीन्टल आलु स्याँलामै थन्काउनु परेको उहाँले दुखेसो गर्नुभयो । यस अघी ६० क्वीन्टल आलु बजार सम्म पु¥याई सकेको बताउँदै व्यापारी बुढाले हाल करिव १ सय क्वीन्टल आलु थन्कीएको जानकारी दिनुभयो ।


१ नम्बर वडाका विभिन्न ठाउँमा संकलन भएको आलु यसअघी खारा सम्म घोडामा ढुवानी गर्नु परेको र अहिले हिमपातले सडक अवरुद्ध भएपछी विभिन्न बजार सम्म पनि घोडामै पु¥याउनु पर्ने बाध्यता रहेको उहाँको भनाई छ । अफ्ठेरो बाटोका कारण घोडामा आलु बजार सम्म पुय्राउन निकै कठिनाई भएको व्यापारी बुढाले बताउनुभयो ।

कृषकहरुले उत्पादन गरेको आलु संकलन गरेर आठविसकोट नगरपालिकाको गोतामकोट, राडीबजार, बाँफिकोट गाउँपालिकाको नदुवा मग्मा, छिनखेत लगाएका ठाउँमा विक्री गर्ने गरेको उहाँको उहाँको भनाई छ ।


उता कृषकहरुले भने आलु धेरै उत्पादन हुने गरेको तर विक्रि नहुँदा समस्या भएको गुनासो गरेका छन । गाउँमा मकै कोदो फापर लगाएतका अन्न बाली हुने भएपनि आलु बढी मात्रामा उत्पादन हुने गरेको तर उत्पादन भएको आलुले उचित मुल्य नपाउँदा आफुहरु मर्कामा परेको स्थानिय कृषक मन बहादुर बुढाले बताउनुभयो ।


यसैविच कर्णाली प्रदेश सरकारको पहलमा त्यहाँ उत्पादन भएको आलुको उचित बजार व्यवस्थापनका लागी वडा नम्बर १ मा आलु चिप्स उद्योग सञ्चालनको तयारी भैरहेको छ ।
चालु आर्थिक वर्ष भित्रै उक्त उद्योग सञ्चालनमा ल्याउने गरी काम भैरहेको प्रदेश सरकारका भुमि व्यवस्था कृषी तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो ।।

Facebook Comments